तुलसीपुर,
१-मंसिर / श्रम तथा रोजगार राज्य मन्त्री तथा नेपाली काँग्रेसको तर्फवाट दाङको निर्वाचन क्षेत्र नं. ३ (१)का प्रदेशसभा उम्मेदवार डिल्लीबहादुर चौधरीले हिजोका सामन्तहरुले फेरि टाउको उठाउन सकिन्छ कि भनेर छटपटाइ रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बनकट्टा र वडा नं. ४ मजुवामा आयोजित चनावी सभालाई शुक्रवार सम्बोधन गर्दै पूर्व सांसद समेत रहेका चौधरीले त्यस्तो बताएका हुन । ‘सामन्तहरुको रुवाबासीले म बिचलित हुँदैन।’ श्रम राज्य मन्त्री चौधरीले भने ।


कुनै पार्टी र व्यक्तिको नाम उल्लेख नगरेतापनि उनले आफूलाई ‘दलाल’ भन्नेहरु सामन्तका नाइके भएको बताएका थिए । ‘हिजो उनीहरुले थारु लगायत गरिवका जग्गा जमिन कब्जा गरेर बुरान लखेटदै गर्दा मैले गाउँ गाउँमा शिक्षाको ज्योति फैलाउन रात्री शिक्षा फैलाएको थिए र उनीहरुले कमैया कम्लहरहरुलाई कोर्रा हान्दै गर्दा मैले उनीहरुको घाउमा मलहमपट्टी लगाएको थिए,’–श्रम राज्यमन्त्री चौधरीले भने ‘आजतिनै सामन्तहरुले मेरा विरुद्ध विष वमन गर्दैछन् र उनीहरुको रुवावासीले म कहिलै विचलित हुँदैन।’

दाङमा काँग्रेस प्रतिको जनलहर देखेर अत्तालिएकाहरुको रुवावासी सुरु भएपनि त्यसवाट अलिकतापनि विचलित नहुने उनले मतदातालाई आग्रह गरेका छन् ।‘छन्दभेसीहरुले झुक्याउन खोजिरहेका छन् , काँग्रेस जनहरु साबधान हुनुहोस ।’ श्रम राज्य मन्त्री चौधरीले भने । हिजोका सामन्तहरु र दलालका नाइकेहरुले आज आफ्नो लोकपृयता देख्न नसकेर व्यक्तिगत रुपमा लाल्छना लगाउन खोजेपनि सत्य के हो त्यो जनताले बुझेको उनले बताए ।


हिजो बुटवललाई राजधानी बनाउन चाहानेहरुले आज दाङलाई राजधानी बनाउँछौं भन्दै झुक्याउन खोजेको हुँदा त्यसवाट पनि सावधान रहन काँग्रेस नेता चौधरीको आग्रह थियो । दाङलाई राजधानी बनाउने सवालमा पहिले माओवादीले पनि साथ दिएपनि अब उस्ले के गर्छ भन्न नसकिने भएपनि काँग्रेस भने इमान्दारी पूर्वक त्यसमा लाग्ने उनको कथन छ । ‘दाङमा भए गरेका विकास निर्माणका काम मध्ये ९० प्रतिसत काँग्रेसकै योगदान हो,’–प्रदेशसभा सदस्य पदका उम्मेदवार चौधरीले थपे ‘तर, त्यो अप्रयाप्त छ । बाटो अझैं फराकिलो बनाउनु छ । पक्कि नाला निर्माण गर्नुछ र बाटो कालोपत्रे गर्नुछ ।’

उनले काँग्रेसले हारेमा देशका लागि दुभाग्र्य हुने भन्दै विकास निर्माण, शान्ति र विकासका लागि नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । बनकट्टा र ४ मजुवामा भएका कार्यक्रमहरुमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरी, नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का , समानुपातिक उम्मेदवार महादेव शाह, निर्वाचन क्षेत्र नं. ३ का प्रचारप्रशार संयोजक जगतबहादुर खड्का, महासमिति सदस्य देवीका नेपाली, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष जनकप्रशाद खराल लगाएतले वामगठवन्धनले जिते लोकतन्त्र धरापमा पर्ने तथा सामन्तवाद आउने बताएका थिए ।


बनकट्टाको कार्यक्रम नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडा सभापति प्रताप केसीको अध्यक्षमा भएको थियो भने कार्यक्रमको सहजीकरण वडा सचिव रञ्जन गौतमले गरेका थिए । उक्त अवसरमा झन्डै दुई दर्जन वढी व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेका थिए ।



प्रतिकृया

प्रतिकृया