दाङ
१६ मंसिर/ बाम गठबन्धनका उम्मेदवारहरुले चुनावपछि बन्ने बाम सरकारले समाजवादी कार्यक्रमको शुरुवात गर्ने बताएका छन् । उनीहरुले जनताका आधारभूत सेवामा राज्यको दायित्व बढाउँदै लैजाने पनि बताएका छन् । उनीहरुले कोही जनता अभावमा रुनुनपर्ने पनि बताएका छन् ।घोराही उपमहानगरपालिका ४ सवारीकोटमा आयोजित चुनावी जनसभालाई सम्वोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् ।

उपप्रधामन्त्री एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णबहादुर महराले संविधानले नै अब समाजवादउन्मुख राज्य ब्यवस्था हुने स्पष्ट गरेकाले आफूहरुको सम्पूर्ण जोड समाजवादतर्फ हुने बताए। अहिलेको लोकतन्त्रमा बोल्न पाउने अधिकार मात्र अधिकार भएको उल्लेख गर्दै उहाँले समाजबादमा बोल्न र खान पाउने अधिकार सुनिश्चित हुने बताए ।

सबै गाउँमा आधारभूत विकास पु¥याएर सबै जनताका लागि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार सुनिश्चित गर्ने ब्यवस्था नै समाजवाद भएको उल्लेख गर्दै उहाँले बाम सरकार उद्देश्य समाजवादमा पुग्ने भएको बताए ।


ADVERTISEMENT

   


एमाले स्थायी कमिटी सदस्य एवं दाङ २(१) का उम्मेदवार शंकर पोख्रेलले बाम सरकारको जोड जनताको आधारभूत सेवामा रहने बताए । सरकारी विद्यालयमा निजी सरह पढाइको ब्यवस्था गर्ने उल्लेख गर्दै उनले सरकारीमा भर्ना नपाएपछि मात्रै बोर्डिङमा जाने अवस्था सिर्जना गर्ने बताए।

सबै जनताको स्वास्थ्य वीमा गरेर कोही पनि नागरिक रोगले नमर्ने अवस्थाको सिर्जना गर्ने उल्लेख गर्दै उहाँले ७७ वटै जिल्लामा जनता आवास कार्यक्रममार्फत गरीब जनताका घर राज्यले बनाइदिने बताए । उनले सामाजिक सुरक्षा भत्ता ५ हजार पु¥याउने, सुत्केरीका लागि पाँच हजार पोषण भत्ता ब्यवस्था गर्ने र बेरोजगारी अन्त्य गर्ने बताए।

दुबै उम्मेदवारले सवारीकोटलगयत दाङका पहाडी क्षेत्रमा हिल स्टेशन स्थापना गरेर पर्यटन प्रबर्धन गर्ने बताए । कार्यक्रममा कोमल ओली, कमल गाउँले, रक्तबीच सांस्कृतिक परिवार र स्थानीय मालाश्री बालयुवा क्लबका कलाकारले सांगीतिक प्रस्तुति देखाएका थिए । शम्भु पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन गेदलाल रिजालले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया