निमुसंगम घर्ती, घोराही
२३-मंसिर /  दाङ निर्वाचन क्षेत्र नं. २ को २ मा अमरबहादुर डाँगी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी नेकपा एमालेका नेता हुन । बाम गठबन्धनका साझा उम्मेदवार डाँगी आफ्ना प्रतिपर्धी भन्दा झन्डै आठ हजार मतान्तरले विजयी भएका हुन् ।

अमरबहादुर डाँगीले २१ हजार चार सय ५० मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार भरतबहादुर न्यौपानेले १३ हजार एक सय ९० मत मात्रै प्राप्त भएको थियो ।

निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा २ मा ५७ हजार एक सय ७० जना मतदाता रहेकोमा ३८ हजार दुई सय २५ मत खसेको थियो । यसअघि एमालेकै नेता शंकर पोखरेलले उक्त निर्वाचन क्षेत्रको १ मा प्रदेशसभा सदस्य जितेका थिए । जितपछि एमालेले घोराहीमा विजयी र्याली निकालेको थियो ।


ADVERTISEMENT

  






 

प्रतिकृया

प्रतिकृया