घोराही,
३१-असार / पाँच नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले अबको विकास प्रबिधीयुक्त हुनुपर्ने बताएका छन । कम्प्युटर एशोसियशन नेपाल क्यान महासंघ दाङले शनिबार घोराहीमा आयोजना गरेको ‘स्मार्ट सीटी र साईबर सेक्युरेटी’ विषयक कार्यक्रममा बोल्दै कानुन मन्त्री केसीले अबको विकास प्रबिधी सँगै जोडेर हुने बताए ।
सूचना र प्रबिधीको युग सुरु भैसकेको भन्दै अबको विकास पनि प्रबिधीयुक्त हुने बताए । अबको शिक्षालाई प्रबिधीमैत्रीरुपमा अघि बढाउन आबस्यक भैसकेको भन्दै प्रबिधी सँग घुलमिल हुन नसक्न पछि पर्ने उल्लेख गरे ।
साथै उहाँले कम्प्युटरको प्रयोग मार्फत हुने अपराधलाई रोक्न आबस्यक रहेको समेत बताए । प्रविधिको गलत प्रयोग गरेर अपराध बढ्दै गएको भन्दै यसलाई रोक्न सुरक्षा प्रशासन लागेको जानकारी दिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्मार्ट घोराही बनाउन प्रत्येक नगरबासीले आफैबाट सुधार गर्नुपर्ने बताए । घोराही उपमहानगरपालिकाले आफैबाट प्रविधीको प्रयोग मार्फत सेवा सुबिधामा सहजता ल्याउन सुरु गरेको समेत जानकारी दिए ।
सकारात्मक सोचको बिकास गर्दै नगरलाई संबृद्ध बनाउन नगरबासीबाटै सुरुवातको अभियान आबस्यक रहेको उनको भनाई छ । अरुको देखासीखी भन्दा पनि आफैमा भएको स्रोत साधन र बिबेक प्रयोग गरेर नगरलाई संबृद्ध बनाउन चाहेको उनले बताए ।
क्यान महासंघ दाङका अध्यक्ष भिमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्मार्ट सीटीका बारेमा हेमन्त बराल र साईबर सेक्युरेटीका बिषयमा चिरन्जीवी अधिकारीले अबधारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, उद्योगि व्यवसायी, प्रहरी, पत्रकार, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।