महिला उद्यमी सपना बस्नेत । उनको जन्म सल्यानको शारदा नगरपालिका वडा नं. १४ माल्नेटामा बुवा रेशमबहादुर भण्डारी र आमा ताराकुमारी भण्डारीको कोखबाट माईली छोरीको रुपमा २०३८ साल पुस २३ गते भएको थियो । उनी सल्यानका समाजसेवी भुपाल भण्डारी नातिनी पनि हुन् । उनका हजुर बुवाले आफु बाँच्दासम्म सल्यानमा एक रुपैयाँ गिलास चिया बेच्थे । उनको वाल्यकाल सल्यानमा नै वितेको थियो । उनले सल्यानमै रहेको लक्ष्मि प्राथमिक विद्यालयबाट पढाई सुरु गरेकी थिईन । उनका बुवाले त्यही स्कुलमा पढाउनु हुन्थ्यो । सपनाको बुवा शिक्षक र आमा गृहणी भएकाले आमाले घरमा गाई, भैसी, बाख्रा पाल्नु भएको थियो । आमालाई घरमा काम गर्न सहज होस भन्ने उदेश्यले बुवाले आफुहरुलाई सानै उमेरमा स्कुलमा पढाउँन लैजाने गरेको उनी बताउँछिन् ।

कक्षा पाँचसम्म उनले लक्ष्मी मै पढिन र कक्षा, ६,७,८ भने उनले माल्नेटा स्कुलमा पढिन् । त्यसपछि उनले कक्षा ९,१० बाँसगाढामा पढिन् । उनले त्यही स्कुलबाट २०५५ सालमा एसएलसी पास गरिन् । एसएलसी पछि उनको २३ वर्षसम्म पढाई रोकियो । छोराहरु पनि जन्मिए, घर व्यवहार सम्हाल्नु पर्यो, व्यापार पनि थियो त्यस कारण पढ्न सकिएन उनी भन्छिन अहिले आएर पढाईको महत्व पनि बुझे हरेक काम गर्दा पढाई चाहिन्छ जस्तो लाग्यो त्यसैले २३ वर्ष पछि फेरी पढाई सुरु गरे । लकडाउनको समयमा सल्यानबाट ११,१२ पास गरेकी सपना अहिले राजनीति शास्त्र विषय लिएर राप्ती बबई क्याम्पसमा व्याचुलर पहिलो वर्षमा अध्ययनरत छिन् ।

वाल्यकालमा उनले बुवाले मारेको माछा र घरमा भएको दुध बेच्न बजारसम्म जाने काम आफुले गरेको सपना बताउँछिन् । आमाले मलाई पाँच माना दूध लगेर बजार बेच्न पठाउनुहुन्थ्यो तर बाटोमा मैले दूधमा पानी थपेर ६ माना दूध गराएर एक माना दूधको पैसा आफैले राख्थे उनी हाँस्दै भन्छिन्–बुवाले पनि माछा बेच्न पठाउनुहुन्थ्यो त्यो पनि डेढ किलो माछा भए पनि बुवालाई एक किलो मात्रै भयो भनेर बाँकी पैसा आफैले नै राख्ने गर्थे । यसरी दूध र माछाबाट राखेको पैसा सबै भाईविना मिलेर कापी कलम किन्ने काममा खर्च गर्ने गरेको उनी बताउँछिन् । स्कुलको पढाई बाहेक दूध र माछा बेचेर बचेको समयमा बाटोमा बसेर कागती बेच्ने गरेको उनी सुनाउँछिन् ।

आफ्ना अन्य दिदी बहिनी भाईहरु दूध, माछा बेच्न लाज माने पनि आफुले भने कहिले लाज लागेको महसुस नगरेको उनी बताउँछिन् । बुवा आमाले पनि आफुलाई बजारसम्म गएर दूध, दही माछा बेच्ने बाहेक घरको अन्य काम नगराएको उनी बताउँछिन् । त्यो बाहेक स्कुलमा पढ्ने बेला पनि चक्लेट, विष्कुट, कलम, पीनहरु दाङबाट मामाहरुसंग मगाएर बेच्ने गरेको उनी सुनाउँछिन् । कक्षामा बसेर पढिरहेको समयमा पनि बिहीर कसैले विस्कुट, चक्लेट मागेको सुनेपछि पिसाव फेर्न जान्छु भनेर बाहिर आएर सामान बेचेको अनुभव सुनाईन् । वाल्यकालमा आफुलाई अन्य काम गर्छु, खेतीपाती गर्छु भन्ने कहिले नसोचेको उनी बताउँछिन् । तर बाटोमा बसेर दूध, दही बेच्न रुचाउँने गरेको उनी सुनाउँछिन् । तर खाना भने पकाउँने गरेको उनी सुनाउँछिन् । आफु वाल्यकालमा छोरा सहर भएर हुर्केको उनको भनाई छ । तर जागिर खान्छु अन्य काम गर्छु भन्ने कहिले सोच नआएको उनी बताउँछिन् । आफ्नो सानैदेखि व्यापार गर्ने रुचि रहेको उनी सुनाउँछिन् ।

व्यापार गर्ने सहमतिमा बिहे
सपना वाल्यकाल बाटै व्यापार गर्न रुचाउँथिन । आफुले केटासंग बिहे पछि व्यापार गर्ने सहमतिमा बिहे गरेको उनी बताउँछिन् । मेरो श्रीमान् शिक्षक हुनुहुन्थ्यो उहाँले मलाई पनि शिक्षिका बनाउने सोच्नु भएको रहेछ, मेरो सोच भने व्यापार गर्ने थियो श्रीमान्लाई बिहेपछि व्यापार गर्ने भने उहाँले पनि मान्नुभयो उनी भन्छिन् । बिहे लगत्तै आफुहरु रुकुमको चौरजहारीमा व्यापार गर्न गएको उनले बताईन् । आफ्नो जेठाजु लोकबहादुर बस्नेतले व्यापार गरेर खाउ भनेर नै करिब ढाईलाखको सामान पठाईदिएपछि आफुहरुले खाद्यान्न तथा किराना पसल सञ्चालन गरेको उनी सुनाउँछिन् । रुकुममा व्यापार एकदमै राम्रो चलेको बताउँछिन् । सल्यानमा हुँदा सपनाको हजुर बुवाले पसल गर्नुभएको थियो । त्यही समयमा उनको हजुरबुवाको पसलमा डोल्पाबाट आउँने खच्चडवालाको महंगो काँचको ठूलो घण्टी गाउँकै एक व्यक्तिले चोरेका थिए । त्यसपछि सपनाले त्यो घण्टी चोरेको व्यक्तिसंग घण्टी मागेर हजुरबुवाको पसलमा राखिन र केही समयपछि उक्त घण्टी खच्चडवालाई दिईएकी थिइन् ।

करिव पाँच–सातवर्षपछि सपनाको उक्त खच्चडवालासंग रुकुममा भेटभयो । उनले खच्चडवालालाई चिनिन् । उक्त समयमा डोको, खच्चडमा सामान किन्न ग्राहकहरु आउँथे । उनीहरुलाई आउनुस् मेरो पसलबाट सामान लैजानुस् भनेर बोलाउनुपथ्र्यो । त्यही क्रममा घण्टीवालालाई बोलाएर कुरा गरिन् । उक्त खच्चडवाला डोल्पाको होलसेल व्यापारी थिए । उनको सम्पर्कमा धेरै व्यापारी भएकाले उनीहरु सबैसंग सपनाको चिनजान भएपछि व्यापार राम्रो भएको उनी बताउँछिन् । रुकुममा करिब १२ वर्षसम्म व्यापार गरेको उनको भनाई छ । रुकुम चौरजहारीले नै आफुलाई सपना बस्नेत भनेर चिनाउँनुका साथै व्यापारी र परिपक्व बनाएको उनी बताउँछिन् । रुकुम बसेकै बेला सपनाले दाङको तुलसीपुरमा जग्गा किनेर घर बनाएकी थिइन् । उक्त समयमा शंकटकाल लागेको थियो रुकुममा बोर्डिङ स्कुल धैरे नभएपछि उनले आफ्ना छोराहरुलाई तुलसीपुरको हिमालएकाडमीमा होस्टेलमा राखेर पढाईन । केही समयपछि रुकुममा व्यापार राम्रो नभएपछि उनी राडीमा गएर व्यापार गरिन् । त्यसपछि २०६९ सालमा उनी व्यापार गर्न दाङ आइन् ।

वाणिज्य संघको सदस्य
सपना बस्नेत दाङमा भर्खर आएर व्यवसाय सुरु गरेकी थिईन् । त्यही क्रममा तुलसीपुर उद्योग वाणिज्य संघको चुनाव हुँदै थियो । उनले आफ्नो श्रीमानलाई पनि वाणिज्य संघको सदस्यमा उठाउन खोजिन तर उनका श्रीमान् सदस्यमा आउन सकेनन् । त्यसपछि उद्योग वाणिज्य संघमा महिला पनि सहभागी हुनुपर्छ भन्ने सोच सपनाले बनाईन् । उनले आफ्नो नाममा विश्व ईन्टरप्राईजेज नामक फर्म दर्ता गराईन् । वीरु रावत अध्यक्ष भएको समयमा सपना पनि महिला सदस्यमा निर्वाचित भईन् । सानै उमेरदेखि दुखिलाई सहयोग गर्नुपर्छ भन्ने सोच थियो । तर सेवा आफुले मात्रै गरेर नहुँने र त्यसका लागि कुनै पार्टी भित्र समावेश हुनु पर्छ भन्ने जोस जागेकाले आफु राजनीतिमा लागेको उनी बताउँछिन् । महिला व्यवसायीहरु दिनभरी पसलमा काम गरे पनि साँझ सबै विवरण श्रीमान्लाई बुझाउनुपर्ने भएकाले पनि ति महिलाहरुको हकहितका लागि पनि आफु राजनीतिमा लागेको उनी बताउँछिन् ।

तुलसीपुर उद्योग वाणिज्य संघको सदस्य भएको समयमा उनी लुम्बिनी प्रदेशको महिला उद्यमी सदस्य भएको समयमा महिला उद्यमीहरुलाई विना धितो ३ लाखदेखि १५ लाखसम्मको ऋण पाउनको लागि आवाज उठाएर अहिले कार्यान्वयनमा आएको उनको भनाई छ । सपना अहिले नेकपा एमाले नगर कमिटी सदस्य, मनोक्रान्ति योग साधना केन्द्र तुलसीपुरको उपाध्यक्ष, अनेमासंघको जिल्ला सदस्य छिन् भने तुलसीपुर उद्योग वाणिज्य संघको निवर्तमान सदस्य, ट्रक व्यवसायी संघको सदस्य, महिला उद्यमी लुम्बिनी प्रदेशको पूर्व सदस्य भएर काम गरिसकेकी छिन् । अहिले आफुले गरि रहेको काममा परिवार श्रीमानबाट समेत राम्रो साथ सहयोग पाएर तुलसीपुर क्षेत्रमा टिकेर खान सक्ने भएको र अन्य दुखि गरिवहरुलाई समय–समयमा सहयोग गर्दै पाँच/सात जना स्टाफ राखेर काम गर्न पाउँदा आफु एकदमै सन्तुष्ट रहेको उनी बताउँछिन् ।

वैवाहिक जीवन
सपना बस्नेतले २०५५ सालमा १५ वर्षको उमेरमा देबराज बस्नेतसंग भागी बिहे गरेकी थिईन । करिब दुई वर्षको चिनजान पछि उनले आफुलाई पढाउँने शिक्षकसंग बिहे गरेकी थिईन् । घरमा दिदीको बिहे नभएको समयमा मागेर बिहे गर्ने सम्भव नभएपछि आफुहरु भागेर बिहे गरेको उनी बताउँछिन् । बिहे पनि सामान्य तरिकाले गरहगना, भोज भत्तेर विना बिहे गरेको उनी सुनाउँछिन् । बिहेअघि बच्पना नै रहेको र बिहे पछि पनि परिवारसंग नबस्ने भएकाले कुनै पीडा भोग्नु नपरेको उनको भनाई छ । उनका दुई छोराहरु छन् । अबको जीवन सामज सेवामै समर्पित गर्ने उनको सोच छ ।

प्रतिकृया

प्रतिकृया