नेकपा एमाले घोराही नगर कमिटीका अध्यक्ष भुवन चौधरी । उनको जन्म २०३६ साल माघ १२ गते साविक त्रिभुवन नगरपालिका वडा नं. १ हाल घोराही उपमहानगरपालिका वडा नं.१६ भगवानपुरमा बुवा छोटीलाल चौधरी र आमा स्यानी चौधरीको कोखबाट भएको हो । उनी बुवाआमाका तीन भाइ छोरामध्ये कान्छा छोरा हुन् । उनको एक बहिनी छिन् ।

उनको वाल्यकाल भगवानपुरमै बितेको थियो । आफ्नो वाल्यकाल रमाईलो तरिकाले बितेको उनी बताउँछन् । आफ्नो गाउँ थारु र अन्य जातिको समिश्रण बसोबास भएकाले दुबै जातिकोे वालवालिकाहरु मिलेर खेल्ने, बस्ने बढ्ने, गाई ग्वाला जाने गरेर आफ्नो वाल्यकाल बितेको उनी बताउँछन् ।

उनी वाल्यकालबाटै सामाजिक काम गर्न रुचाउँथे । गाउँघरमा कुनै दिन दुःखीहरुलाई देखेपछि मनैबाट उनीहरुलाई केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने खालको भाव आउथ्यो उनी भन्छन्–अलि ठुलो भएपछि साहित्यतिर पनि रुचि बढेको उनी सुनाउँछन् । मैले कविताहरु लेख्थे तर त्यो कविता होकी या गित, गजल थाहा हुदैन्थ्यो उनी हाँस्दै भन्छन् साहित्य सृजना चाहि गर्थे । उच्च शिक्षा अध्ययन गर्ने क्रममा आफुले लेखेको थारु भाषाको (आँचल) नामक पहिलो गजल प्रकाशित भएको बताउँछन् ।

उनले पाँच वर्षको उमेरमा निम्न माध्यमिक विद्यालय रावतगाउँबाट पढाइ सुरु गरेका थिए । सात कक्षासम्म त्यहाँ पढेपछि उनी कक्षा आठबाट पद्मोदयमा पढे । त्यहीबाट २०५१ सालमा एसएलसी पास गरेका थिए । त्यसपछि उनी २०५३ सालमा महेन्द्र बहुमुखी क्याम्पसबाट आइए पास गरेका थिए । त्यहीबाट २०५६ सालमा व्याचुलर पास गरे । व्याचुलरको पढाइपछि उनी केही वर्ष विभिन्न संघसंस्थाहरुमा जागिर खाए । त्यसपछि २०६० सालमा उनी पढ्नको लागि काठमाडौं गएका थिए र २०६३ सालदेखि उनी विभिन्न एनजिओ आईएनजिओमा काम गरे ।

भविष्यमा यो बन्छु भन्ने लक्ष्य थिएन

भुवनले आफु भविष्यमा यो बन्छु भन्ने लक्ष्य नराखेको बताउँछन् । तर आफु पढाइमा पनि राम्रो भएकाले गाउँमा सबैले आफुलाई अब्बल क्षमता भएको व्यक्ति भन्ने गरेको सुनाउँछन् । ‘म पढाइमा मात्रै अब्बल नभएर साथीहरुसँग गोली, घुच्ची खेल्ने बेला पनि सबै साथीहरुलाई हराउँथे’ उनी भन्छन् । ‘पढाइसहित अन्य क्रियाकलापमा पनि राम्रो भएकाले आफ्नो एकजना भाउजूले आफुलाई तपाई डाक्टर बन्नु र म बिरामी भएको समयमा सुइ लगाई दिनु भन्नुहुन्थ्यो उनी भन्छन् अहिले पनि यो कुरा झलझल्ति सम्झन्छु’ । तर आफु भाउजूले भनेअनुसार आफु डाक्टर बन्न नसके पनि भाउजूले भनेका ती कुराहरुको याद एकदमै आउने गरेको उनी बताउँछन् । ‘भाउजू बिरामी परेर बित्नुभयो उहाँको ईच्छाअनुसार म डाक्टर बनेर उहाँलाई सुइ लगाउँन सकेन उनी भन्छन् अहिले भाउजु यो संसारमा हुनुहुँदैन’ ।

भुवन भाउजूले डाक्टर बन्नु भनेपछि डाक्टर बन्ने चाहना आफुले राखे पनि त्यो समयमा एसएलसी, आईए पास गरेपछि यति पढाइले पुग्छ, किन धेरै पढ्नु पर्यो, भन्ने खालको कुरा आउँथ्यो उनी भन्छन्–अर्को कुरा त्यो समयमा आफुहरुलाई टेक्निकल बिषय पढ्नको लागि बाटो देखाउने अभिभावकहरु नभए पनि आफु डाक्टर पढ्न नसकेको उनी सुनाउँछन् । त्यसमा पनि घरमा बुवाआमाले छोराले पढ्नु भन्दा घरकै काम गरे हुन्थ्यो भन्ने आशय राख्ने गरेको उनी सुनाउँछन् । तर अहिले भने छोराले पढेर हाम्रो शीर ठाडो बनाएको छ भनेर गर्व महशुस गर्ने गरेको उनी बताउँछन् ।

राजनीतिक यात्रा

भुवन चौधरी २०५१ सालदेखि २०५६ सालसम्म अनेरास्ववियुमा आवद्ध भएर राजनीति गरेका थिए । आफ्नो रुची वाल्यकालदेखि समाजसेवा गर्ने भएकाले त्यही रुचीअनुसार आफु राजनीतिमा लागेको सुनाउँछन् । ग्रामिण विकास विषय लिएर आफु मास्टर पास गरेपछि एनजिओ आईएनजिओको जागिर हुँदै जिल्ला विकास, नगरपालिकामा काम गर्दा र भारतबाट एमफिल सकेर नेपालको धेरै जिल्ला घुम्दा सबै चिजहरु राजनीतिमा ठोक्किने भएकाले र राजनीतिमा थारु समुदायबाट अगाडी बढेमा आफ्नो समुदायलाई पनि अगाडी बढाउन सकिन्छ र थारुजातिलाई मुलधारमा ल्याउन सकेमा एउटा लाईनमा लग्न सकिन्छ भनेर राजनीतिमा लागेको उनको भनाई छ । त्यसका साथै आफ्नो ठूलो दाइ २०४६ साल पहिलेदेखि राजनीतिमा लागेको र २०५४ सालको निर्वाचनबाट वडाध्यक्षमा जितेकाले उहाँको प्रेरणाले आफु अखिलको राजनीति गर्न सुरु गरेको बताउँछन् । राजनीति र समाजसेवा एक अर्काको परिपुरक चिज भएकाले सँगसँगै लग्न खोजेको उनको भनाई छ ।

राजनीतिमा थारु समुदायको अवस्था

दाङ जिल्लाको हकमा सबै राजनीतिक दलहरुले थारु समुदायलाई राजनीतिमा ल्याउनु पर्छ भनेर लागेको अवस्था रहेको उनी बताउँछन् । तर थारु समुदायबाट नै राजनीतिमा आकर्षण नभएको उनको भनाइ छ । ‘राजनीति गर्नको लागि जुनखालको चासो चिन्ता हुनुपर्ने हो त्यो छैन, हाम्रो समुदायका व्यक्ति प्रतिपक्ष खालको भएको पाउँछु’ उनी भन्छन् आफैले भोट हालेर नेतालाई जिताउनु हुन्छ, त्यही ब्यक्ति सरकारमा भएको बेला आफु प्रतिपक्षमा बस्ने खालको अवस्था छ यो राजनीतिक चेतनाको कमीले भएको होकी जस्तो लाग्छ’ उनी भन्छन् । राजनीतिको सच्चा सिद्धान्तअनुसार राजनीतिक लिडरहरु अगाडी नबढेर यस्तो अवस्था आएको होकी उनी भन्छन् । स्वच्छ निष्पक्ष राजनीति हुनु पर्ने हो तर नेपाल अल्पविकशित मुलुक भएकाले स्वच्छ राजनीति हुन नसकेकाले पछाडी परेको समुदाय मुलधारमा आउन नसकेको उनी बताउँछन् ।

भुवन नेकपा एमाले घोराही नगर कमिटीको अध्यक्ष बाहेक अध्यक्ष बाहेक थारु कल्याणकारीणी सभा दाङको अध्यक्ष, बैकल्पिक अनुसन्धान केन्द्रको अध्यक्ष, भिक्टोरिया कलेजको अनुसन्धान कार्यदलको सदस्यलगायत विभिन्न सामाजिक क्षेत्रमा आवद्ध छन् । आफ्नो कार्यक्षमताले भ्याएसम्म सामाजिक राजनीतिक काम गरेकाले आफ्नो कामबाट सन्तुष्ट रहेको उनी बताउँछन् । त्यसका साथै परिवारबाट पनि साथ सहयोग राम्रो रहेको उनी सुनाउँछन् ।

वैवाहिक जीवन

भुवनले २०६४ सालमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ बटोलपुरबाट विहे गरेका छन् । सामान्य चिनजान पछि मागी बिहे गरेको उनको भनाई छ । तुलसीपुरमा भुवनको साथी गमन चौधरीले कम्प्युटर ईन्स्टिच्युट खोलेका थिए । साथीको ईन्स्टिच्युटमा आफ्नो जीवन साथीको भिनाजुसँग बसेको समयमा जीवन साथीसँग चिनजान भएको र भेट भएको डेढ वर्षपछि बिहे गरेको उनी बताउँछन् । कुराकानी कै क्रममा जीवन साथीले घर व्यवहारको बारेमा कुरा गर्ने, भविष्यलाई सुमधुर कसरी बनाउँने खालको उनको कुराले आफु आकर्षित भएको उनी सुनाउँछन् । घर, समाज बुझेको जीवन साथी पाएहुन्थ्यो भन्ने आफुले कल्पना गरेको र सोहीअनुसार जीवन साथी पाएकाले आफु जीवन साथीबाट सन्तुष्ट रहेको उनी बताउँछन् । उनको दुई छोरीहरु छन् । आफुले अबको जीवन समाज सेवा र राजनीति गरेर बिताउने र आर्थिक क्षेत्र बलियो बनाउनका लागि परिवारलाई पेशा व्यवसायमा लगाउने उनको सोच छ ।

प्रतिकृया

प्रतिकृया