अञ्जना चौधरी
राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपाने । उनी २०२० साल असोज ११ गते साविक बिजौरी गाविस वडा नं।२ हाल तुलसीपुर उपमहानगरपालिका वडा नं १९ सक्राम जन्मिएका हुन् । बुवा टिकाराम न्यौपाने र आमा कमलादेवी न्यौपानेको कोखबाट पहिलो सन्तानका रुपमा जन्मिएका हुन् ।

           


उनको वाल्यकाल सक्राममै वितेको थियो । आफ्नो वाल्यकाल एकदमै कष्टपुर्ण तरिकाले वितेको उनी बताउँछन् । घरको जेठो सन्तानको रुपमा जन्मिएकाले पनि गाई ग्वाला जाने देखि खेतिपातीको सबै काम आफुले गरेको उनी बताउँछन् । घरमा बुवा आमलाई काममा सघाउँनु पर्थ्यो, रातभरी घरको काम गरेर दिउँसो आफु पढेको उनी भन्छन् ।

शिक्षक बन्ने चाहना 
आफुले सानै उमेर देखि शिक्षक बन्ने कल्पना गरेको न्यौपाने सुनाउँछन् । गुरुहरुलाई देख्दा उहाँहरु धेरै ठुलो मान्छे हुनुहुन्छ, उहाँहरु जस्तै बन्न पाए हुन्थ्यो भन्ने सोच वाल्यकाल देखि नै रहेको उनी सुनाउँछन् । वाल्यकालकै चाहना अनुसार आफ्नो ध्यान लोकसेवा तर्फ नभइ शिक्षक सेवा आयोगको तयारी गरेकोले अहिले सफल भएको सुनाउँछन् । घरमा बुवा आमा कृषिमै ब्यस्त रहने र भाइ बहिनीहरुलाई पनि पढाउँनु पर्ने भएकाले आफु रेगुलर स्कुल नगइ घरमै अध्ययन गरेर मास्टर डिग्री पास गरेको उनी बताउँछन् ।

 

वाल्यकालमा पढाई र घरको काम बाहेक संगीत तर्फ पदमको रुची थियो । फुर्सको समयमा उनी मादल बजाउँने, हार्मोनियम, बासुरी बजाउन सिक्थे । त्यसका साथै उनी सानै देखि कसैलाइ सहयोग गर्न पाए आफुलाई एकदमै सन्तुष्ट मिल्ने गरेको बताउँछन् ।

उनी कक्षा एकदेखि तीनसम्म सक्राममा रहेको प्राथमिक विद्यालय भित्रि सक्राममै अध्ययन गरेका थिए । कक्षा ४ देखि भने उनी हेमन्तापुरमा आफ्नो सानो बुवा आमासँग बसेर जनता संस्कृत माध्यामिक विद्यालयमा पढ्न थाले । उनी त्यही स्कुलबाट २०४९ सालमा एसएलसी पास गरेका थिए ।

एसएलसीको परिक्षा दिएसँगै उनी प्राथमिक विद्यालय सक्राममा पढाउन सुरु गरे । दुइ महिना त्यहाँ पढाएपछि उनी रोल्पाको तालावाङमा पढाउन गए । रोल्पामै भएको समयमा संक्रममा दरबन्धी थपिए पछि उनी फेरी दाङ आए । त्यसैक्रममा उनको एसएलसीको रिजल्ट आयो उनी पास भए । केही समयपछि संक्रममा पढाए पछि फेरी उनी रोल्पाको सर्पाल भन्ने स्थानमा स्थायी शिक्षक भएर पढाउन गए । उनी त्यहाँ पाँच वर्षसम्म प्रअ भएर अध्यापन गराए ।

अध्यापन गराउँदै र आफु पनि अध्ययन गर्ने क्रममा २०४२ सालमा उनले ईन्डियाबाट आईए पास गरे । त्यसपछि निमावी तहमा आयोगबाट नाम निकालेर उनी रोल्पाको थवाङमा पढाउन गए ।

संगै उनी विएड पास गरे । माविको लागि आयोगबाट नाम पनि निकाले । रोल्पाको थवाङमा दुई वर्ष पाढाए पछि उनी अरनिको मावि नुवागाउँमा आएर त्यहाँ ९ वर्ष पढाएका थिए ।

सोही क्रममा चितवनबाट एकवर्षे विएड पास गरे । भने टियूबाट नेपालीमा इस्पेसलाईजेसन र २०६१र०६२ सालमा त्रिचन्द्र क्याम्पसमा समाज शास्त्र विषयमा एमएड, कृतिपुरबाट पाठ्याक्रमबाट डवल डिग्री पास गरेका थिए । एसएलसी पछि आफु रेगुलर क्लास नलिएर मास्टर डिग्री पास गरेको उनी सुनाउँछन् । डिग्री पास गरेपछि उनी दाङको साविक काभ्रे गाविसको कमिरेचौरमा आए । त्यहाँ आएपछि उनी एकवर्ष आरपीको काम गरे भने २ वर्ष प्रअको भुमिका निर्वाह गरे । त्यसपछि दाङको अमर मावी उरहरीमा २०६७ देखि २०७६ सालसम्म अध्यन गराएको उनले बताए ।

अमर मावी उरहरीमा उनी आफ्नै पहलमा तीन वर्षे भेटनरी क्लास पनि सञ्चालन गरे । स्कुलबाट राजिनामा दिएको केही समयमा उनी २०७७ साल जेठ १ गतेदेखि राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षको रुपमा मन्त्री परिषदले नियुक्ति दिएपछि उनी अस्पतालमा अध्यक्षको भुमिका निर्वाह गर्दै आएका छन् ।

उनी राप्ती प्रादेशिक अस्पतालको अध्यक्ष बाहेक नेपाल बुद्धीजिवी परिसद दाङको सचिव, पेशागत महासंघ दाङको प्रदेश सदस्य भएर काम गर्दै आएका छन् । त्यसका साथै उनी रोल्पामा बस्ने समयमा शिक्षक संगठन रोल्पाको सदस्य ,सचिव हुँदै अध्यक्ष भएर काम गरेका थिए ।

दुइपटक माओवादीबाट अपहरण
शिक्षक संगठन रोल्पाको अध्यक्ष भएको समयमा उनलाई तत्कालिन नेकपा माओबादीले अपहरण गरेको थियो । उनी एक पटक १ दिन र अर्को पटक ४४ दिन गरी ४५ दिनसम्म अपहरणमा परेका थिए । अपहरणमा परेको समयमा आफु काल नआएर मात्रै बाँच्न सफल भएको उनी सुनाउँछन् । अपहरण परेको समयमा आफु दोहोरो भीडन्त, एम्बुस परेर पनि बाँच्न सफल भएको उनी सुनाउँछन् । शिक्षा समिति र शिक्षक संगठन रोल्पाले आफुलाई छोड्नको लागि अफिल गरेको उनी बताउँछन् । त्यो समयमा आफुलाई अपहरण गर्ने माओबादी पनि दुई समुहमा विभाजित भएको उनी बताउँछन् । एउटा समुहले अपहरण गर्नु हुँदैन भन्थ्यो अर्को पक्षले यस्लाई कार्वाही गर्नुपर्छ भन्थ्यो त्यो बेला माओवादी भएपनि दुईधार भएकोले आफू बाचेको उनी सुनाउछन।

सुरुमा आफुलाई सोधपुछ गर्न भनि लगेको र केही दिनपछि बन्दीको घोषणा गरेको उनी बताउँछन् । अपहरणको समयमा आफुलाई त्यो समयमा भौतिक कार्बाही नभए पनि मानसिक यातना भने भएको उनी सुनाउँछन् तर त्यो समयमा रोल्पा वासीको धेरै माया र सहयोग पाएको उनी सम्झन्छन् ।

४४ दिनको बन्दी पछि एकवर्षसम्म रोल्पा सदरमुकाममा जान नपाउँने, प्रअ छोड्नु पर्ने, मास्टर डिग्री गर्ने समयमा लिएको बिदा वाफत २२ हजार पाँचसय पार्टीलाइ सहयोग गर्नुपर्ने शर्तमा माओवादीले आफुलाई छोडेको उनी बताउँछन् । त्यहाँबाट छुटेपटि उनी रोल्पा जान सकेनन् र उनी कमिरेचौरमै आएर पढाउँन थाले । त्यसपछि उनलाई फेरी पढाउँनका लागि रोल्पा लैजाने भनेर टोलीले आग्रह गर्यो तर उनी गएनन् । ४४ दिनसम्म आफु अपहरणमा परेको समयमा आफ्नो जीवन साथी आफुलाई खोज्दै रोल्पा पुगेको उनको भनाइ छ ।

मलाइ कहाँ राखेको छ भनेर माओवादीले जानकारी दिएका थिएनन् तर मेरो जीवन साथी मलाइ राखेको स्थानसम्म पुग्न सफल भएकी थिईन उनी भन्छन् । भेट भएपछि जीवन साथी एकदमै निरास अवस्थामा रहेकाले आफुले मलाइ केही हुँदैन भनेर सान्त्वना दिएर पठाएको उनी सम्झन्छन् ।

आफुले गरेको कामबाट सन्तुष्ट रहेको बताउँने न्यौपाने अस्पतालमा सेवा ग्राहीको अपेक्षा अनुसार पुर्ण रुपले सन्तुष्ट पार्न नसकेकोमा दुख लाग्ने गरेको सुनाउँछन् । ५० वेडको अस्पताल २ सय वेडमा स्तरबृद्धि भएपनि त्यो अनुसार कर्मचारी र बजेट व्यवस्थापन हुन नसकेकाले सेवा ग्राहीहरुलाई सन्तुष्ट पार्न नसकेको उनी दुखेसो पोख्छन् ।

त्यसका साथै अस्पतालको जग्गा अतिक्रमण गरेर बसेका व्यक्तिहरु सँग छलफल भईरहेको र स्थानीय सरकारसँग समन्वय गरेर उहाँहरुलाई सन्तुष्ट पारेर अन्यत्र स्थानमा सार्न सार्नुका साथै अस्पतालको जग्गा फिर्ता ल्याउएर अस्पतालमा रहेका उपकरणलाई प्रयोग गर्न सकेमा आफु एकदमै सन्तुष्ट हुने उनको भनाई छ ।

वैवाहिक जीवन
पदम प्रसाद न्यौपानेले २०४१ साल माघ २५ गते सलौराबाट मागी बिहे गरेका थिए । बिहे अघी एक पटक मात्रै जीवन साथीलाइ उहाँकै दिदीको घरमा देखेको उनी बताउँछन् । त्यसपछि बुवाले जनै सुपारी लिएर आएको र आफुहरुको बिहे भएको उनी बताउँछन् । आफुले कल्पना गरे अनुसारको जीवन साथी पाएकाले जीवन साथीबाट एकदमै सन्तुष्ट रहेको उनी बताउँछन् । उनका २ भाई छोरा र एक बुहारी छिन् । अबको जीवन पनि सामाजिक काम गरेर विताउने उनको सोच छ ।

प्रतिकृया

प्रतिकृया