Author: Admin

प्रतिनिधिसभाको बैठकका लागि पहिलो कार्यसूचीमा चिकित्सा विधेयक

काठमाडौँ, २ मंसिर /  प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीका रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । उपसमितिको आजको बैठकले उक्त कार्यसूचीको रुपमा समितिको प्रतिवेदन पेश गर्ने गरी उपसमितिले कार्यसम्पादन गर्ने र सोहीअनुरुप समितिमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिउ । उपसमितिले त्यसका लागि समितिका सदस्य भैरवबहादुर सिंहलाई सर्वसम्मतिले संयोजक चयन गरेको छ । बैठकले विधेयकमा संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्नका लागि व्यवस्थित कार्यतालिका बनाउन सचिवालयलाई निर्देशन दिएको छ । बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजक रहेको चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनका लागि...

Read More

एउटै मालामा तीन कोइराला : सन्देश के ?

विराटनगर, २-मंसिर /   नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोइराला परिवार पहिलेदेखि अहिलेसम्म र भोलिका दिनमा पनि एकजुट भएर जनताको सेवामा लाग्ने उनले बताएका छन् । विराटनगर कोइराला निवासस्थित जिपी फाउण्डेशन प्रदेश नं १ कार्यालयको आज  महामन्त्री डा शशाङ्क कोइराला र फाउण्डेशनका केन्द्रीय सभापति सुजाता कोइरालासंग संयुक्तरुपमा उद्घाटन गर्दै केन्द्रीय सदस्य कोइरालाले पार्टीको उज्ज्वल भविष्य निर्माण गर्न एकताको विकल्प नरहेको र यसैको माध्यमबाट देशको विकास हुने कुरामा जोड दिए । उनले विगतमा काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारबाट धेरै परिवर्तनका काम भएको स्मरण गराउँदै कोइराला परिवारका हामी तीनै जना नेता एक रहेको स्पष्ट पारे । ‘हामी तीन जना...

Read More

मुक्तिनाथ बैंकको बित्तीय साक्षरता कार्यक्रम

तुलसीपुर, २-मंसिर /  मुक्तिनाथ बिकास बैंक लिमिटेड तुलसीपुर शाखा कार्यालयले जनता बैंकमा होइन बैंक जनतामा जानपर्दछ भन्ने मुल नारालाई आत्म साथ गर्दै बित्तीय साक्षरता आजको आबश्यकता रहेकोले तुलसीपुर उपमहानगरपालिका वडा नं ६,गोलौरा स्थित डिभाइन टेम्पल एकेडमीमा १९१ औं बिधार्थी लक्षित बित्तिय साक्षरता कार्यक्रम गरेको छ । उक्त कार्यक्रम कक्षा १० र ११ कक्षाका बिधार्थी तथा शिक्षक शिक्षिका माझ कार्यक्रम गरेको छ । कार्यक्रम आम्दानी खर्च,बचत कर्जा,बजेट बिनीयोजन जस्ता बिषयमा अन्तरक्रीया र प्रश्नोत्तर तथा चित्र,ब्यानर जस्ता प्रस्तुती मार्फत बित्तीय साक्षरता चलाईएको थियो । डीभाईन टेम्पल एकेडेमीका प्रधान अध्यापक भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा न्यौपाने ले वित्तिय साक्षरता कार्यक्रम अहिलेको आवश्यकता भएको बताउदै मुक्तिनाथ विकास बैकले गांउ देखि सहर सम्म, गरिव...

Read More

बचत तथा ऋण सहकारी संघको अध्यक्षमा खत्री

तुलसीपुर, २-मंसिर /  बचत तथा ऋण सहकारी संघ दाङको अध्यक्षमा रुप बहादुर खत्री चयन भएका छन् । संघको शनिबार घोराहीमा भएको १२ औ बार्षिक साधरण सभा तथा अधिबेशनले खत्रीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा उपाध्यक्षमा हुमा डिसी, सचिवमा विमल अधिकारी , कोषाध्यक्षमा शिभध्वज मल्ल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कमलराज श्रेष्ठ, दुर्गा प्रसाद भण्डारी, धुव्रराज पौडेल,भगवती शर्मा र रामकृष्ण आचार्य रहेका छन् । त्यस्तै शेषमणी रिजालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीबेक्षण समिति चयन गरेको छ । लेखा समितिको सदस्यमा सालिकराम रजौरे र गिरिराज शर्मा चयन भएका छन् । संघ दाङका अध्यक्ष अन्जन...

Read More

बालमैत्री अभियानमा अभिभावक र बालबालिका सँगै

घोराही, २ – मंसिर/ बालमैत्री घोषणाका लागि अघि बढेको घोराही उपमहानगरपालिका वडा नं. २ का अभिभावक र बालबालिकाले एउटै मञ्चमा उपस्थित भई छलफल गरेका छन् । घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालद्वारा आयोजित अभिभावक र बालबालिकासँगको छलफल कार्यक्रममा उनीहरुले वडालाई बालमैत्री घोषणा गर्ने अभियानमा आफूहरु सक्रियतापूर्वक लाग्ने प्रतिबद्धतासमेत जनाएका छन् । छलफलका क्रममा अभिभावकहरुले आफ्नो टोल तथा वडाका हरेक बालबालिकाहरुलाई अधिकार प्राप्तिका लागि आफ्नो सकारात्मक भूमिका रहने बताएका थिए । अभिभावकसँगै कार्यक्रममा छलफल गर्न पाउँदा उत्साही देखिएका बालबालिकाहरुले परिवारको साथ भएमा बाल क्लबमार्फत सम्पूर्ण बालबालिकाहरुलाई बालमैत्री वातावरण दिलाउन अभियान चलाउने बताएका थिए ।...

Read More

बिज्ञापन




 

 

 

Facebook Feed

Twitter Feed

Open

Close
[sg_popup id=1]