Author: News Desk

मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

दशरथ घिमिरे,दाङ   १ माघ /दाङमा बेलुका भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर. ६ अर्जुन खोला नजिक रा २ प १५४३ नम्बरको मोटरसाईकल दुर्घटना हुदा लमही ५ निवासी २७ बर्षिय नारायण खनालको मृत्यु भएको छ । घाइते खनालको उपचारको क्रममा लमही अस्पतालमा मृत्युु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए । दुर्घटनामा परी लमही ३ फल्कापुर निवासी २७ बर्षकै नारायण पौडेल घाइते भएका छन । पौडेलको लमही अस्पतालमा उपचार भैरहेको छ...

Read More

एस एस एफ ए खसी कप फुटबल हुने

लक्ष्मण बस्नेत,तुलसीपुर ३० पुस/ दाङको तुलसीपुरमा एस एस एफ ए खसी कप फुटबल प्रतियोगिता हुने भएको छ । स्पोर्टस स्कुल फुटबल एकाडेमी(एस एस एफ ए) तुलसीपुर ५ अरनिको मैदानको आयोजनामा संचालन गरिन लागेको दाङ जिल्ला स्तरीय अन्तर विद्यालय शिक्षक फुटबल प्रतियोगिता माघ २ गतेदेखि सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन विहान ८ बजे हुनेछ । उद्घाटन खेलमा आर्दश माबि तुलसीपुर र ग्यालेक्सी माबि भिड्ने आयोजक क्लवका मोहन गौतमले जानकारी दिएका छन् । विद्यालय स्तरमा फुटबलको खेलको पहुँच अभिवृद्धि गर्ने उदेश्यका साथ प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर ७ को खेल मैदानमा संचालन हुने प्रतियोगितामा जिल्लाका ६ विद्यालयहरुको सहभागिता रहनेछ ।...

Read More

तुलसीपुरमा न्यानो कपडा वितरण

तुलसीपुुर ३० पुस/ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ ले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । वडामा वसोवास गर्ने दलितको हकमा ८० र अन्य जातिको हकमा ८४ वर्ष पुरा गरेका ज्येष्ठ नागरिकलाई वडाले न्यानो कपडा वितरण गरेको हो । वडामा रहेका १५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिने वडाध्यक्ष नवराज लामिछानेले जानकारी दिए । उनले ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्नका लागि न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गरिएको समेत जानकारी गराए । “समाजका लागि ज्येष्ठ नागरिकको योगदानलाई कदर गरेर हामीले यो कार्यक्रम ल्याएका हौँ” लामिछानेले वताए । वडाध्यक्ष लामिछानेका अनुसार वडा कार्यालयमा आउन नसक्ने असक्तहरुलाई घरमै गएर न्यानो कपडा...

Read More

अव तुलसीपुर प्लाष्टिक झोलामुक्त उपमहानगर

तुलसीपुर ३० पुस/ तुलसीपुर उपमहानगरपालिकालाई माघ १ गतेबाट प्लाष्टिक झोलामुक्त उपमहानगर घोषणा गरिएको छ । उपमहानगरलाई वातावरणमैत्री नगर वनाउनका लागि यस्तो घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले वताए । “प्लाष्टिकले वातावरण प्रदुषण हुनुका साथै मानव स्वास्थ्यमा पनि गम्भिर असर पार्ने भएकाले यस्तो घोषणा गरिएको हो ” उनले वताए । उनले २० माइक्रोन भन्दा कम तौल भएको प्लाष्टिकको झोला पहिलो चरणमा वन्देज लगाइएको समेत वताए । “प्लाष्टिकका गीलास, थाल, प्लेट र कचौरा समेतमा वन्देज लगाइएको छ ” पाण्डेले भने । तुलसीपुर उपमहानगरपालिकालाई हरित नगरका रुपमा विकास गर्न लागि उपमहानगरले विगतदेखि नै विभिन्न अभियान सञ्चालन गर्दै आएको वताउँदै नगरप्रमुख पाण्डेले प्लाष्टिक झोलामुक्त...

Read More

मेयर कपको पहिलो खेल ७ र १६ बीच हुने

घोराही ३० पुस/ दोस्रो घोराही मेयर कप रनिङ फुटबल प्रतियोगीता २०७५ मा पहिलो उद्घाटन खेल माघ ४ गते हुने भएको छ ।  बिहान ११ बजेदेखि घोराही उपमहानगरपालिकाको कार्यालयबाट सुरु हुने प्रभातफेरि कार्यक्रमसहित खेल उद्घाटन हुने भएको छ । उद्घाटन खेल माघ ४ गते दिउसो २ बजे भरतपुर खेलमैदानमा हुने भएको छ । पहिलो खेल वडा नम्बर १६ र ७ बीच उद्घाटन हुने भएको छ । घोराही उपमहानगरका सबै वडाको सहभागीता रहने प्रतियोगीतामा पहिलो हुने वडा फुटबल टीमले एक लाख नगद, रनिङ कप, प्रमाणपत्र र मेडलको ब्यबस्था गरिएको छ । यस्तै दोस्रो हुने वडा फुटबल टीमले ५० हजार नगद, आकर्षक...

Read More

बिज्ञापन



 

 

 

 

Facebook Feed

Twitter Feed

Open

Close
[sg_popup id=1]