५ नं. प्रदेशमा ५ सय १७ दरवन्दी रिक्त

दिपक बोहोरा, दाङ ,
१३-साउन / दाङका स्वास्थ्य संस्थामा १७ जनाको दरबन्दी रिक्त रहेको छ । प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार दाङका १७ वटा स्वास्थ्यका दरबन्दी रिक्त छन् ।

Ambikeshwori Auto Mart

 

दरवन्दी रिक्त रहँदा प्रभाबकारी रुपमा सेवा प्रवाहमा समस्या हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख प्रकाशकुमार योगीले जानकारी दिए । ‘स्वास्थ्य संस्थामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी छैनन्,’ उनले भने, ‘जसले गर्दा सेवा प्रभावमा असहजता छ । अर्को तर्फ मुलुक स्थानीय तहमा गईसकेपछि कर्मचारी कसरी समायोजन गर्ने बिषयले पूर्णता नपाउँदा पनि दरबन्दीमा कर्मचारी पठाउन नसकिएको उनले बताए । ‘मुलुक नयाँ संरचना अनुसार स्थानीय तहमा गईसकेपछि कुन कर्मचारीलाई कहाँ पठाउने भन्ने कुनै टुंगो छैन्’उनले भने‘यसले गर्दा पनि दरबन्दी अनुसार कर्मचारी पठाउन सकिएको छैन् । ’

प्रायःसरकारी स्वास्थ्य संस्थामा कर्मचारी नहुँदा प्रत्यक्ष रुपमा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । सेवाग्राहीले समयमा सेवा नपाउने, सेवा लिन सास्ती हुने जस्ता समस्या बारम्बार देखा पर्दै आएको सेवाग्राहीले गुनासो गर्दै आएका छन् ।

दरबन्दी अनुसारका डाक्टर नहँुदा सेवा प्रवाहमा प्रत्येक्ष असर पुग्ने गरेको स्वास्थ्य संस्था प्रमुखहरुको गुनासो गर्छन । पटक÷पटक मन्त्रालय तथा सम्बन्धित निकायमा जानकारी दिदापनि दरबन्दी अनुसार कर्मचारी पठाउने सन्दर्भमा कुनै चासो राज्यले नदिएको गुनासो प्रमुखहरुको छ ।

प्रदेश ५ मा पाँच सय १७ दरबन्दी रिक्त

महाशाखाका अनुसार प्रदेश नम्बर ५ का पाँच सय १७ स्वास्थ्यका दरबन्दी रिक्त छ । स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीका अनुसार जनस्वास्थ्य, स्वास्थ्य कार्यलय गरि ५ सय १७ जनाको दरबन्दी रिक्त रहेको छ । प्रदेशका १२ जिल्लाका चिकित्सक, एचए, सिएमए,अनमी र प्रशासनिक कर्मचारी गरी पाँचसय १७ जनाको दरबन्दी रिक्त रहेको छ । प्रदेश नं. ५ अन्तरगतको गुल्मी ६९ जना, पाल्पामा ४४, नवलपरासीमा ३२, रुपन्देहीमा ६२, कपिलबस्तुमा ८९, दाङमा १७, बाँकेमा २९, वर्दियामा ५ प्युठानमा ६९, रोल्पामा ३२, रुकुममा ११ दरबन्दी रिक्त रहेको छ ।

४९ लाख ३३ हजार १ सय ८५ जनसंख्या रहेको ५ नं. प्रदेशका ३ सय २२ वडामा अझै सबै हेल्थपोष्ट स्थापना भइ सकेका छैनन् ।

महाशाखा प्रमुख उमाशंकर चौधरीका अनुसार स्थानीय तहमा स्वास्थ्य संस्थाका कर्मचारी कसरी समायोजन गर्ने भन्ने बारे स्पस्ट खाका तयार नहुँदा समस्या भएको हो ।‘स्थानीयमा जाने जनस्वास्थ्यका कर्मचारीको लागि स्पस्ट खाका तयार भएको छैन’उनले भने‘जसले गर्दा दरबन्दी अनुसार कर्मचारी मिलान गर्न समस्या भएको छ ।’ स्थानीय तहमा जाने जनस्वास्थ्यका कर्मचारीको टुंगो लाग्ने वित्तिकै दरबन्दी अनुसार कर्मचारी पठाउने उनले बताए ।

तर उनले त्यसका लागि केन्द्रबाट पहल कदमी अगाडि बढाउन जरुरी रहेको तर्क गरे । स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा दरबन्दी अनुसार कर्मचारी नहुँदा धेरै बिरामीहरुले सास्ती खेप्नु परेको छ ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया