घोराही,
१४-साउन / घोराही उपमहानगरपालिका क्षेत्रमा रहेका धार्मिक तिर्थ स्थलहरुमा व्यवस्थित पार्किङका लागि पहल थालिएको छ । घोराही उपमहानगरपालिकाले मन्दिर व्यवस्थापन समितिहरु सँगको सहकार्यमा पार्किङलाई व्यवस्थित गर्ने गरि योजना अघि सारेको हो ।

Ambikeshwori Auto Mart

 

 

नगर क्षेत्रमा रहेका पाण्डबेश्वर मन्दिर धारापानी, गोरक्ष रत्ननाथ चौघेरा, अम्बिकेश्वरी र बाह्रकुने मन्दिरमा व्यवस्थित गाडी पार्किङका लागि योजना अघि सारेको हो । उपमहानगरमा सोमबार भएको छलफलबाट व्यवस्थित पार्किङ निर्माण पश्चात शुल्क निर्धारण गर्ने निर्णय भएको छ ।

पार्किङ क्षेत्रबाट उठ्ने शुल्कलाई केही बर्ष सम्बन्धित पार्किङ स्थलको व्यवस्थापनमा लगाउने र संरचनालाई बलियो बनाएपछि छलफलबाट केही रकम उपमहानगरमा जम्मा गर्ने निर्णय भएको हो । छलफल कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले मन्दिरहरुलाई सम्पत्तीकारुपमा विकास गर्न पार्किङ व्यवस्थापनलाई मुख्य ध्यान दिने बताए ।

व्यवस्थित पार्कीङले मात्रै व्यवस्थापनमा सहजता आउने र सुरक्षित हुने भएकाले नगर क्षेत्रमा मुख्य चारधामलाई विकाससँग जोड्ने बताए ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया