घनश्याम विसी, रोल्पा
१७ – साउन / रोल्पाका बुधवार बेलुका भएको ट्रयाक्टर दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ ।

Ambikeshwori Auto Mart

उक्त ट्रयाक्टर दुर्घटनामा परि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का २९ बर्षीय आशाराम चौधरी र रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नं. १ निवासी १६ बर्षीय ट्रयाक्टरका सहचालक डम्मर ओलीको मृत्यु भएको छ ।

रोल्पाको घर्तीगाउँबाट ओत तर्फ बालुवा बोकेर जाँदै गरेको रा १ त १५०७ नम्वरको ट्रयाक्टर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

रोल्पाको माडी गाउँपालिका वडा नं. १ धारावाङमा भएको दुर्घटनामा ट्रयाक्टर सडक वाट झन्डै ५०० मिटर तल खोलामा खसेको प्रहरीले जानकारी दिएको छ ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया