सल्यान,
२०-साउन / जिल्लाको कपुरकोट गाउँपालिकामा रहेको कालिका माध्यामिक विद्यालयमा तारजालि लगाएर निर्माण गरिएको फिल्ड अविरल वर्षाले बगाएको छ ।

Ambikeshwori Auto Mart

 

कपुरकोट ३ मा रहेको उक्त विद्यालयमा फिल्ड निर्माण गर्दा लगाइएको तालजालि मध्ये १७५ थान जालि बगाएको विद्यालयले जनाएको छ । आइतबार विहान ४ बजेतीर ठूलो संख्यामा तारजाली वर्षासंगै भत्किएर गएपछि फिल्डमा पूर्ण रुपमा क्षती पुगेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुद्रविर कवरले जानकारी दिए ।

विद्यालयको फिल्ड सहित भत्कीएर गएका जालिले जागेश्वर गिरीको सुन्तला बगैचा र माधव गिरीको टिमुर खेतीमा नोक्सानी गरेको छ । साथै फिल्ड नै भत्कीएपछि कालिका माविका विद्यार्थी खेल्न तथा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न समस्या पर्ने भएको प्रधानाध्यापक खिमलाल गिरीले बताए । जिल्लाकै नमुना विद्यालय बन्ने तयारिमा रहेको कालिका माविलाइ फिल्ड भासिएपछि केहि चुनौती थपिएको छ ।

२०६९ सालदेखि लगाएको तारजालिमा विद्यालयले २१ लाख रुपैयाँ खर्च गरेको थियो । यस अघि २०६९ सालको साउन ६ गते परेको अविरल वर्षाले कालिका माविको पुरै भवनहरु भासिएका थिए । त्यसपछि जग्गा खरिद गरेर नयाँ भवन निर्माण गरेको विद्यालयलाइ फेरि अर्काे समस्या थपिएको हो ।

 

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया