ओमप्रकाश गुप्ता, भालुवाङ
२२-साउन / प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले सम्वृद्ध समाज निमार्ण गर्न सुरक्षा नै आवश्यक हुने बताएका छन् ।

Ambikeshwori Auto Mart

इलाका प्रहरी कार्यालय भालुवाङको कार्यालय तथा आवास भवनको मंगलवार उद्घाटन गर्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेको प्रदेश प्रहरी प्रमुख बस्नेतले सुरक्षा अति संवेदनशिल भएको र त्यसको जिम्मेवार प्रहरी भएकाले शान्ति सुरक्षा कायम गर्न प्रहरी सदैव अगाडी रहने बताएका छन् ।

उनले प्रदेश नम्बर ५ मा गुणात्मक प्रहरी सेवा दिइरहेको बताउदै यसमा नागरिकको पनि सहयोग आवश्यक रहने बताएका छन् । पछिल्लो समय यता प्रदेश नम्बर ५ मा मात्र नभइ नेपालमा महिला तथा बालबालिका हराएको तथ्याङ २२ जना रहेकोमा प्रहरीको विषेश सुरक्षाका कारण अहिले २ सयमा झार्न सफल भएको बताएका छन् ।

साथै उनले लागु औषध तथा दुर्घटना न्युनीकरण गर्न विषेश कार्यदल गठन गरी वार्षिक कार्ययोजना बनाएर अभियान चलाउने समेत बताएका छन् । कार्यक्रममा भवन निमार्ण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्रराज पाण्डेले डिएफआइडीको २ करोड ७८ लाख ४९ हजार १ सय ६५ रुपैयाँको लागतमा भवन निमार्ण भएको जानकारी दिएका छन् ।

भवनमा कार्यालय प्रमुख, आर्थिक, अपराध अनुसन्धान, सञ्चार प्रशासन, महिला तथा बालबालिका प्रवन्धक , बैठक, अतिथि र अधिकृत कक्ष सहितमहिला, पुरुष र बालबालिकाको छुटाछुटै सुविधा सम्पन्न हिरासत कक्ष समेत रहेको जानकारी दिएका छन्  भने कार्यालय प्रमुखको आवास कक्ष, जुनियर प्रहरी अधिकृतको व्यारेक, प्रहरी जवानको व्यारेक र महिलाव्यारेक समेत रहेको बताइएको छ ।

भवन उद्घाटन कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष लिला शाह लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रदेश नम्बर ५ का प्रहरी वरिष्ठ उपरिक्षक दिलिपकुमार चौधरीले धन्यवाद ज्ञापन र जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंहचन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रहरी निरिक्षक राजन गौतमले गरेका थिए ।

 

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया