तुलसीपुर
२३ साउन/ राष्ट्रियसभा सदस्य कोमल ओलीले टरिगाउँ एयरपोर्ट यथाशीघ्र सञ्चालन गर्न माग गरेकी छिन् । राष्ट्रियसभामा बोल्दै दाङको एकमात्रै पुरानो बिमान स्थललाई सञ्चालन गर्न सरकारसंग माग गरेकी हुन् ।‘

के कारणले एयरपोर्ट बन्द भएको हो’ उनले भनिन्‘ त्यो समस्याको समाधान गरेर जसरी पनि बिमान स्थल सञ्चालनमा ल्याउनु पर्छ । ’ २०११ सालमा पहिलो पटक जहाज बसेको टरिगाउँ एयरपोर्ट अहिले अनियमित हुनुको कारण ईन्धन डिपो नहुँनु भनि जानकारी आएको भन्दै ईन्धन डिपो स्थापनाको प्रक्रिया पुरा गर्न अनुरोध गरिन् । डिपो स्थापनका लाडि जग्गा उपलब्ध गराउने समेत उनले बताईन् ।

बिमान स्थल बन्द हुदा दाङसहित ७ जिल्लाका यात्रुहरुलाई समस्या हुने गरेको उनले बताईन् ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया