तुलसीपुर,
२४-साउन / मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको ११ औ जिल्ला अधिबेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

आगामि दुई बर्षका लागी सर्वसम्मत रुपमा नयाँ नेतृत्वको चयन गर्न समाज दाङका सस्थापक सभापति बरिस्ठ अधिवक्ता डिल्लिराज धितालको सयोजकत्वमा एक समिति समेत चयन गरिएको सचिब शरद रेग्मीले जानकारी दिए । शनिवार २१ औ साधारणसभा तथा ११ औ अधिबेशन तुलसिपुरमा हुन लागेको छ ।

अधिबेशनलाई सभ्य र भब्य बनाउनका लागि बिभिन्न ब्यक्तिहरुलाई जिम्मेवारी समेत प्रदान गरिएको छ ।

यता शान्ति समाज दाङका सभापति सुरेश हमाल र सचिव शरद रेग्मीले सयुक्त बिज्ञप्ति जारी गरी शनिवार बिहान ११ बजे राप्ती समितिको प्रधान कार्यालय तुलसिपुरमा उपस्थितिका लागि अनुरोध गरेका छन ।

समाजका सम्पूर्ण साधारण सदस्य,आजिवन सदस्य ,पत्रकार ,विभिन्न सङघ सस्था तथा राजनीतिक दलहरुमा उपस्थित भैदिनुहुन सादर अनुरोध गर्दछौं बिज्ञप्तिमा भनिएको छ ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया