तुलसीपुर,
२४ – साउन/ नेपाल आदीबासी जनजाति महासंघ तुलसीपुर नगरकमिटिको आयोजनामा बिहीवार तुलसीपुरमा २४ औ आदीवासी दिवस मनाईको छ ।  दिवसको अवसरमा तुलसीपुर उमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले तुलसीपुरलाइ बहुसांस्कृतीक नगरका रुपमा विकास गर्ने बताए ।

उनले थारु बाहुल्य तुलसीपुर उपमहानगरपालिकामा मगर,गुरुङ लगायत अन्य जातजातिको मिश्रीत बसोवास भएकाले पनि तुलसीपुरको शहर विकासको क्रममा बहुसांस्कृतीक हुने बताए ।

नगर कमिटिका अध्यक्ष नरेश राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्र शाह,नेपाल प्रेस युनियनका अध्यक्ष सुशील बस्नेत,थारु समुदायका अगुवा छोटीलाल चौधरी लगायतले मन्तव्य व्यत्त गरेका थिए ।

लालबहादुर घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नारायण चौधरीले गरेका थिए ।

सो अवसरमा तुलसीपुर बजार परिक्रममा गरिएको थियो भने बजारका विभिन्न ठाउँमा विरुवा समेत रोपीएको थियो ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया