घोराही,
२४ – साउन/ घोराही सिमेन्टबाट उत्पादन सगरमाथा सिमेन्ट गुणस्तरहिन भएको घटना सार्वजनिक भएपछि परिक्षण गरिने भएको छ । सगरमाथा सिमेन्ट बर्दियामा गुणस्तरहिन भएको पाईएपछि गुणस्तर तथा नाप तौल विभागको टोली दाङमा आएर परिक्षणका लागि नमुना लगेको छ ।

विभागका निर्देशक मनोजकुमार उपाध्याय र मेकानिकल इन्जिनियर उमेशकुमार यादव दाङमा आई उक्त सिमेन्टको नमुना लगेका हुन । टोलीले साउन १७ गते उत्पादन भएको र १६ गते उत्पादन भएर १८ गते तुलसीपुर बिक्रि भएको दुई प्रकारका सिमेन्टको गुणस्तर परिक्षणका लागि काठमाडौ लगेको हो ।

ओपिस र पिपिस सिमेन्टको गुणस्तर मापनका लागि जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा विभागको टोली दाङ आएको हो ।

बर्दियामा सगरमाथा सिमेन्ट प्रयोगका क्रममा कमसल भएको उजुरी र त्यसपछिको परिक्षणबाट ओपीसीमा म्याग्नेसिया तत्व बढी देखिएपछि त्यहाँको प्रशासनले दाङ प्रशासनलाई सिमेन्ट उत्पादन र बिक्रिलाई पत्र काटेको थियो ।

यसैक्रममा विहिबार जिल्ला प्रशासनका प्रशासकीय अधिकृत अमरराज आचार्यको नेतृत्वमा विभागको टोली, घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता न्यौपाने, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनकुमार गौतम, घरेलु कार्यालयका उद्योग अधिकृत उमबहादुर वली सहित पत्रकारहरुको टोली उद्योगमा पुगेर नमुना संकलन गरी विभागमा मापनका लागि पठाएको हो ।

अबको डेढ महिना भित्र गुणस्तर भए नभएको बारेमा रिपोर्ट आउने विभागका निर्देशक मनोज उपाध्यायले बताए । घोराही सिमेन्ट उद्योगले दैनिक २ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

 

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

 

प्रतिकृया

प्रतिकृया