घोराही,
२५ – साउन/ दाङको घोराहीबाट प्रकाशित हुदै आएको गोरक्ष राष्ट्रिय दैनिक १४ औँ बर्षमा प्रबेश गरेको छ । पत्रिकाले शुक्रवार घोराहीमा १४ औँ बार्षिक उत्सव समेत मनाएको छ ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सत्यताको उजागर गर्नु नै सञ्चार माध्यमको सफलता भएको बताए । १४ औँ बार्षिक उत्सवलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले सञ्चार माध्यम समाजको दर्पण भएको भन्दै सत्यताको उजागर गर्नु नै सफलता भएको बताए । उनले समाजको विकास र संबृद्धीको सञ्चार क्षेत्र हिस्सेदार भएको भन्दै सत्यताको पक्षमा कलम चलाउन आग्रह समेत गरे ।

परिवर्तन प्रति विश्वास जगाउदै नागरिकहरुलाई अधिकार र न्याय सम्पन्न बनाउने भुमिकामा सञ्चार क्षेत्र रहेको बताए ।

सञ्चार माध्यमले प्रबाह गर्ने सूचना, समाचार विश्वसनिय र जवाफदेही हुनुपर्नेमा नगर प्रमुख चौधरीले जोड दिए । आस्था र विचारका आधारमा सिमित नभई एउटै दृष्टिकोणबाट सञ्चार क्षेत्रले आफ्नो भुमिका निभाउनु पर्ने बताए ।

पत्रिकाका प्रकाशक सुलोचना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रिकालाई अझ गुणस्तरीय बनाउन सुझाब दिएका छन् । पत्रिकाको गुणस्तरीयता र निरन्तरताको शुभकामना दिदै बक्ताहरुले सामाजिक जागरण र विकासमा हिस्सेदार बन्न आग्रह समेत गरेका छन् ।

कार्यक्रममा पत्रिकाका सम्पादक विपुल पोख्रेलले पत्रिकालाई जनताको आवाजकारुपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताए । नागरिकको अधिकार र न्यायलाई स्थापित गराउन आफुहरु प्रतिबद्ध रहेको सम्पादक पोख्रेलको भनाई छ ।

पत्रिकाले कर्मचारीहरु सम्बाददाता लिलाधर वली, पत्रिका बितरक ओमप्रसाद पार्दे र तुलसीपुर बजार व्यवस्थापक उमा रावतलाई पुरस्कृत गरेको छ भने एक दर्जन बढी पत्रिमा विचार लेख्नेहरुलाई समेत सम्मान गरेको छ ।

पत्रिकाका प्रकाशक सुलोचना गौतमले पत्रिका प्रकाशन सामाजिक सेवाभाबमा केन्द्रित रहेको बताइन । पैसा आर्जन गर्नु भन्दा नागरिकहरुको अधिकारी स्थापित र आवाज बोल्ने माध्यमकारुपमा आफुहरु स्थापित हुन चाहेको बताए ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया