दाङ,
२५-साउन  / चौथो सामुदायिक वन दिवस आज शुक्रवार विविध कार्यक्रम गरी दाङमा मनाइएको छ । “सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान” भन्ने नाराका साथ दाङका स्थानीय महासंघको आयोजनामा घोराही, तुल्सीपुर, गढवा, राप्ती , शान्तिनगर, लमही, राजपुर लगायतका जिल्लाका बिभिन्न स्थानमा बृक्षरोपण तथा अन्र्तक्रिया गरी वन दिवस मनाइएको सामुदायिक वन उपभोक्ता महासंघ दाङका प्रवक्ता हेमराज शर्माले जानकारी दिए ।

जिल्ला महासंघ दाङले घोराहीमा बृक्षारोपण गरि मनाएको छ । तेजपात, टिमुर, आप, अम्बा, अनार, कागति,लिचि लगायत बिरुवा लागाइएको छ । जिल्ला महासंघ दाङका अध्यक्ष भुपेन्द सुवेदीको अध्यक्षता, जिल्ला वन कार्यालयका जिल्ला वन अधिकृत जगदिस प्रशाद गुप्ताको प्रमुख आतिथ्य तथा जिल्ला महासघ दाङका निवर्तमान अध्यक्ष शोभाकर सापकोटाको बिशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा महासंघका सस्थापक केन्द्रिय सदस्य कुल ब लामिछाने, घोराही उपमहानगर वातावरण शाखाका संयोजक शक्तिमान डागि, महासंघका निवर्तमान सदस्य कृष्ना राना, परदेश महासंघका उपाध्यक्ष तिलकराम भण्डारी , परदेश सदस्य तारा घिमिरे, लाल बहादु भण्डारि लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

जिल्ला सदस्य तथा घोराही नगर महासंघका अध्यक्ष कर्ण बहादुर बुढाथोकिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा यस जिल्लाबाट परदेश महासंघमा निर्वा्चित उपाध्यक्ष तिलकराम भण्डारी र सदस्य तारा घिमिरे, रामपति चौधरी , शोभा आचार्य, लाल ब भण्डारि गरि छ जना लाइ बधाइ तथा शुभकामना दिइएको थियो ।

त्यसैगरि जिल्ला वन अधिकृत जगदिश पप्रशाद गुप्ता परदेश नं ५ को क्षेत्रिय वन निर्देशक को जिम्मेवारिमा बढुवा हुनु भएकोमा उनलाई पनि बधाइ तथा सफल कार्यकालको शुभकामना दिइएको थियो। कार्यकमा सन्चालन जिल्ला महासंघ दाङका सचिव जानका के सि ले गर्नु भएको थियो । महासंघले चौथो सामुदायिक वन दिवश लालमटियामा अन्तरक्रिया गरेर मनाएको छ ।

बन संरक्षण, आईपरेका समस्या तथा समाधानको विषयमा अन्तरक्रिया गरिएको छ । राप्ती गाउँपालिका क्षेत्र भित्रका १५ सामुदायिक वन समुहको प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा राप्ती गाउँपालिका क्षेत्रका वन जंगल संरक्षणका लागि संरक्षण, आईपरेका समस्या तथा समाधानका विषयमा सबै वन समुहहरु मिलेर जानुपर्नेमा जोड दिईएको छ ।

राप्ती गाउँपालिका स्तरिय वन उपभोक्ता महासंघका अध्यक्ष हरि भुसालको अध्यक्षता राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यता, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको विशिष्ठ अथित्यमा सम्पन्न कार्यक्रममा वनको क्षेत्रमा भएगरेका समस्या, चुनौति तथा वन संरक्षणका क्रममा वन्यजन्तु वाट नागरिकको वाली नालीमा भएको क्षतिमा राज्यले क्षतिपुर्ति दिनुपर्नेमा वन समुहका पदाधिकारीले आग्रह गरेका छन ।

यसैगरी सामुदायिक वन उपभोक्ता महासंघ गढवा इकाइ महासंघको आयोजनामा गढवा १ स्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा बृक्षरोपण गरिएको छ । गढवा गाउँ इकाइ महासंघका अध्यक्ष नवराज शर्माको अध्यक्षता एंव वडाध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा बृक्षरोपण गरिएको छ ।

कार्यक्रममा वन महासंघका केन्द्रीय प्रतिनिधि बिष्णुमाया बसेल, हरि सुवेदी, रामलक्ष्मण साह, चित्रबहादुर महतरा लगायतकाले बोल्नु भएको गढवा वन इकाइ महासंघका अध्यक्ष नवराज शर्माले जानकारी दिए ।

त्यस्तै, सामुदायिक वन दिवसका अवसरमा आज शान्तिनगर वन इकाइ महासंघको आयोजनामा शान्तिनगर स्थित सुन्दर सामुदायिक वन उपभोक्ता समूहको खाली जग्गामा बृक्षरोपण गरिएको छ । शान्तिनगर वन इकाइ महासंघका अध्यक्ष लेवाराम आचार्यको अध्यक्षता एंव वन महासंघका जिल्ला सदस्य सिता कडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सामुदायिक वन दिवसमा अवसरमा आज शुक्रवार तुल्सीपुर, बंगलाचुली, राजपुर, बबइ लगाएका स्थानीय महासंघको आयोजनामा बृक्षरोपण गरी दिवस मनाइएको छ ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया