घोराही,
३ – भदौ/ घोराही उपमहानगरपालिकाले थप दुई वटा वडाबाट पनि एकीकृत सम्पत्ती राजस्व संकलन थालेको छ । यो सँगै घोराही उपमहानगरपालिकाले ८ वटा वडाबाट राजस्व संकलन सुरु गरेको छ ।

यस अघि ६ वटा वडाबाट राजस्व संकलन थालेको घोराही उपमहानगरले आइतबार देखी वडा नम्बर ६ र १५ वटा पनि राजस्व संकलन थालेको हो । वडा नम्बर ६ मा नगर प्रमुख नरुलाल चौधरी र वडा अध्यक्ष रेबबहादुर बुढाथोकीले कुन्ता सिजवाललाई जग्गाको मालपोत बुझाएको रसिद हस्तान्तरण गरेर वडाबाटै राजस्व बुझ्ने कामको थालनी गरेका हुन ।

त्यसैगरी, वडा नम्बर १५ मा पनि नगर प्रमुख चौधरी र वडा अध्यक्ष रमेशकुमार पाण्डेले कमला अर्याललाई राजस्व बुझाएको रसिद प्रदान गरे । वडा कार्यालयबाटै एकीकृत सम्पत्ति कर र नगदी रसिद काट्न थालेपछि वडाबासीलाई उपमहानगरको कार्यालयमा आउनु नपर्ने भएको छ ।

वडाबाटै राजस्व संकलन गर्ने अभियानको सुरुवात गर्दै नगर प्रमुख चौधरीले जनतालाई घरदैलोमा सेवादिने गरी आफुहरुले सम्भब भए सम्मका प्रयास गरेको बताउनुभयो । साथै उहाँले राजस्व संकलनलाई व्यवस्थित गरेको बताउदै करको दर बृद्धी नभई छुटेकाहरुलाई दायरामा ल्याउने कार्यमा आफुहरु लागेको जानकारी दिनुभयो ।

यस अघि उपमहानगरका २, ४, ७, १०, १४ र १८ नम्बरका वडाबाट राजस्व संकलन सुरु भैसकेको छ । यही भदौ महिना भित्रै वडा नम्बर १ देखी १८ सम्मका सबै वडा कार्यालयबाट राजस्व संकलन गर्ने गरी प्राविधिक कामहरु भैरहेको उपमहानगरले जनाएको छ ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया