घोराही,
४-साउन / 
घोराही उपमहानगरपालिका वडा नम्बर २ र ४ ले पनि वडा कार्यालयबाटै एकिकृत सम्पति कर संकलन थालेका छन् । वडा नम्बर २ मा ताराबहादुर जीसीलाई नगरप्रमुख नरुलाल चौधरी र वडा अध्यक्ष केशव आचार्यले कर बुझाएको रसिद हस्तान्तरण गरेर एकिकृत सम्पति कर संकलन थालिएको हो ।

वडा कार्यालयबाटै एकिकृत सम्पत्ति कर संकलन शुरु भएपछि वडावासीहरुलाई सहज भएको छ । यसअघि एकिकृत सम्पति कर घोराही उपमहानगरपालिकामा बुझाउँदै आएका स्थानियले अबदेखि वडाबाटै कर बुझाउन सक्ने वडा अध्घक्ष आचार्यले बताए ।

त्यस्तै वडा नम्बर ४ मा नगरप्रमुख चौधरीले कुलराज अधिकारीलाई कर बुझाएको रसिद दिएर सेवाको आरम्भ गरेका छन । यो संगै घोराही उपमहानगरपालिकाले वडा नम्बर ६, ७, १०, १४ र १८ को वडा कार्यालयबाटै कर संकलन शुरुवात गरिसकेको छ ।

भदौभित्रै उपमहानगरपालिको वडा नम्बर १९ बाहेक सबै वडाको कार्यालयबाटै एकिकृत सम्पति कर संकलन थालिने नगर प्रमुख चौधरीले जानकारी दिए । वडा नम्बर १९ मा बिद्युत् र इन्टरनेटको सुबिधा नभएका कारण तत्काल सेवा सुरु नहुने भएको छ ।

 

 

 

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया