घोराही,
८-भाद्र / 
घोराही उपमहानगरपालिकाले वडा नम्बर १७ मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । ‘एक वडा एक शहरी स्वास्थ्य केन्द्र’ स्थापना गर्ने निति अनुसार उपमहानगरले वडा नम्बर १७ को हरीद्धारमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।

उक्त शहरी स्वास्थ्य केन्द्रको शुक्रबार नगर प्रमुख नरुलाल चौधरीले रिवन काटेर उद्घाटन गरेका हुन । नगर प्रमुख सहित उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी पाण्डे, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती समेत उद्घाटन कार्यक्रममा सहभागी भएका थिए ।

स्वास्थ्य केन्द्रबाट सामान्य उपचार, गर्भवती जाँच, परिवार नियोजन सेवा, खोप सेवा, घाउ चोटपटकको उपचार र स्वास्थ्य परामर्श दिईने छ । कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले जनताले अनुभुत हुने गरी घर नजिकैबाट स्वास्थ्य सेवा दिने योजनामा अघि बढेको बताए ।


रोग लाग्न दिनुभन्दा लाग्नै नदिनु बुद्धिमानी हुने भन्दै नगर प्रमुख चौधरीले खानपान, सरसफाई, शारिरीक व्यायममा बिषेश ध्यान दिन समेत नगरबासीलाई आग्रह गर्नुभएको छ । नगरबासीलाई औषधी खाने आबस्था आउन नदिने सोचमा आफु रहेको भन्दै उहाँले स्वास्थ्यलाई सम्पत्तीकारुपमा बुझ्न आग्रह गरे ।

वडा नम्बर १७ का अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शहरी स्वास्थ्य केन्द्रको भवनलाई दराज, पर्दा, टेबुल, कैची, पाईप र गेट सहयोग गर्ने भिमबहादुर थापा, बसन्त रेग्मी, लालबहादुर विक, टोपबहादुर नेपाली, अर्जुन योगी, सेरबहादुर जिएम र अक्षकुमार चौधरीलाई सम्मान गरिएको छ ।

वडा सदस्य तुलप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण वडा सदस्य रेवन्ता पुनले गर्नुभएको थियो । घोराही उपमहानगरपालिकाले यस अघि वडा नम्बर ६ र १४ मा शहरी स्वास्थ्य केन्द्र सञ्चालन गरिसकेको छ भने वडा नम्बर २ मा एविविएस डाक्टर सहितको नगर स्वास्थ्य प्रर्बद्धन केन्द्र सञ्चालनको तयारी गरेको छ ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया