सन्तोष शर्मा,, रोल्पा
२२-भदौ / गत चैत्र अन्तिम तिर रोल्पा आएका रोल्पाका प्रमुख प्रमुख जिल्ला अधिकारी गन्ज महादुर महरा क्षेत्रीका केही कदम रोल्पाली जनताका लागी आस लाग्दो वनेका छन । जिल्ला आउना साथ संचारकर्मी तथा विभीन्न सरोकारवालाहरु सगँ जिल्लाका समस्याका वारे सुझाव सकलन गरेका अधिकारीले जिल्लामा विगतदेखी समस्याका रुपमा रहेका योजनामा चासो देखाउदै कार्यानवयनमा लागेका छन । अहिले उनले थालेका कदमले सहिद मार्गको सास्ती देखि दोहारो करको अन्त्य भएको छ ।

सहिदमार्गमा चासो

रोल्पा जोड्ने प्रमुख सडक सहिदमार्गमा देखिएको समस्याका वारे चासो देखाउदै सकारात्मक कामको सुरुवात गरेका छन । दुइ ठुला कम्पनीको आरोप प्रत्यारोपका कारण ३ वर्ष मै वनी सक्नुपर्ने कालोपत्रेको काम अझै सकीयको छैन भने सोना सिमेन्टका टिप्परले गर्दा कालोपत्रे गरिएको सडकमा खाल्डा खुल्डी हुन सुरु गरेको छ । जस्का कारण घोराही होलेरी सडकखण्ड गुडने साना सवारी साधन तथा यात्रुहरुले सास्ती झेल्नुपरेको वारे व्यापक जनगुणासो बढेपछि अधिकारी क्षेत्रीको पहलमा अहिले दुवै कम्पनीलाई कडाइ गरिएको छ ।

जस अनुरुप क्षमता भन्दा वढी कच्चा पदार्थ वोकेर असिमीत गतिमा गुडीरहेका सोना सिमेन्टका टिप्परहरुलाई टाइम कार्डको व्यवस्था गरिएको छ । अहिले टिप्परहरु रुन्टीगढी ५ नयाँ गाऊँ स्थीत खानी वाट कच्चा पदार्थ लियर दुइखोली आउदासम्म छीटोमा २ घण्टाको समय तालीका निर्धारण गरिएको छ । त्यस्तै सय भन्दा वढी चल्दै आयका टिप्परहरुलाई पनि जोर विजोर प्रणालीवाट दैनीक आधामा झारीयको छ ।

अधिकारी क्षेत्रीका अनुसार नियममा केही दिन कमजोरी भएको पाइएपछि आफुले त्यस्मा पनी कडाई गरेको बताए । उनले भने,’ नियम फीतलो भएको सुन्नमा आउना साथ मैले मेरा प्रहरी तथा सम्बन्धीत निकायका कर्मचारीलाई अनुमनमा पनि वेला वेला पठाएको छु साथै सम्बन्धीत खानीको म्यानेजर सगँ बुझदा आफु नहुँदाको दिन देखाउदै माफी समेत माग्दै अव त्यसो नहुने भनेर प्रतिबद्धता समेत जनाउनुभएको छ ।”

उनले वेलावेला दाङ्का प्रमुख जिल्ला अधिकारी र दाङ ट्राफिक प्रमुखलाई यो विषयमा झकझकाइरहेका छन । साथै नियन्त्रण र नियमनका लागी यातायात व्यवस्था कार्यालय राप्ती र सोनापुर सीेमेन्ट दाङमा समेत पत्राचार गरिएको  बताए । त्यस्तै पीजको कामको ढीलाई भएको जनगुनासोका विषयमा निर्माण कार्यको जिम्मा लिएको ठेकेदारलाई तिव्रता दिन निदेशन दिएको बताए ।

सहिदमार्गको आवागमनमा सहजता ल्याउन यी नियम लागु गरेपछि यात्रामा केही सहजता हुदै गयको यात्रुहरुले वताउन थालेका छन । ”अहिले त टिप्परहरु पनि विस्तारै हाक्दा रहेछन ,बाइकमा यात्रा गर्दा टिप्परको डरले यात्रा क्रस पुर्ण हुन्थ्योे, अहिले अलि सहज लाग्यो ।” दाडवाट होलेरी आइपुगेका रुन्टीगढी होलेरी निवासी लक्षीराम थापाले भने । पेलेर आउने टिप्परहरु आजभोली त विस्तारै हाक्दा रहेछन जे होस सुधार हुदै रहेछ खुसी लाग्यो ।

रोल्पा सिमेन्टको विवाद ।

रोल्पा जिल्लाकै एक मात्र सिमेन्ट कारखाना र स्थानीय विच विवाद चर्कीदै गएपछी जिल्लाका अन्य सरोकारवालालाई साथमा लिई कारखाना भएकै स्थल पुगेका अधिकारीले कारखानाला र स्थानीयलाई सहमतिमा ल्याएका थिए । कारखाना, स्थानीय ,स्थानीय सरकार विच भएको छलफल मै अधिकारी क्षेत्रीले तत्काल सम्झौता कार्यानवयनमा नलागे कारखाना नै वन्द गराउने चेतावनी दिएपछि अहिले कारखानाले सहमति अनुसारका माग पुरा गर्न तर्फ अग्रसर देखिएको छ ।

सवैका विचमा गरेको प्रतिबद्धता अनुसार केही दीन यता स्थानीय टिप्परहरुलाई कारखानाले काम दिन थालेपछि माग प्रति अग्रसर देखिएको स्थानीयको बुझाई छ । सगसगै स्थानीयका मागहरु पुरा गर्न तर्फ लागीरहेको कारखानाले वताएको छ ।

इलाका प्रशासन संचालनमा

जनयुद्धको समयमा विस्थापीत रोल्पाको एकमात्र इलाका प्रशासन कार्यालय घर्तिगाऊ संचालनमा आएको  छ । जुन शान्ती स्थापना भएको एक दशक वितीसक्दा समेत पुनःस्थापना हुन सकिरहेको थिएन । अधिकारी क्षेत्रीले भने,”  जनताको भावनालाई मध्यनजर गरी मैले इलाका प्रशासन कार्यालय घर्तिगाउँमा पुनःस्थापना गरेको हु । अहिले जनताले नागरीकता, सामान्य मेलमिलाप जस्ता विभीद सुविधा उपभोग गर्न पाइरहेका छन ।”

दोहोरो करको अन्त्य

दोहोरो करको मारमा परेका रोल्पाका व्यापारीहरुका लागी उधोग बाणीज्य संघको नेतृत्वमा थालीयको अभियानमा आफुले पहल गरेपछि त्यस्को अन्त्य भएको अधिकारी क्षेत्रीको भनाई छ । अदालतमा मुद्धा समेत खेपेको वताउदै मुद्धा फैसला भएसगै अव रोल्पाका व्यपारीहरुले दोहारो कर तीर्न नपर्ने भएको छ ।

साथै जिल्ला प्रमुखको यस्ता खालका कदमले रोल्पाली जनतामा नयाँ आस पलाएको  छ । यहाँको विकास निर्माण तथा सेवा प्रभावकारीतामा केही परीवर्तन आएको नागरिकहरुको भनाई छ भने अधिकारीको पनि आफु रोल्पामा रहदासम्म जिल्लावासीको सेवामा कुनै कमी हुन नदीने नदिने बताउदै आएकै छन ।

 

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया