तुलसीपुर
२३ भदौ/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा छाडा पन भएको बताएका छन् । शनिबार दाङको लमहीमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी भित्रको छाडा पनले नै तीन तहको निर्वाचनमा कांग्रेसले हार ब्यहोर्नु परेको बताए । ‘कांग्रेसमा छाडा पन छ’ उनले भने‘यही कारणले कांग्रेसले तीनै तहको निर्वाचनमा हार ब्यहो¥यो ।’ कांग्रेस भित्रको छाडा पन अन्त्य नहुँदासम्म कांग्रेस सुध्रिन नसक्ने उनको भनाई थियो ।

त्यसैले आफुले कांग्रेस भित्रको छाडा पनलाई अन्त्य गरि एकबद्ध कांग्रेस निर्माण गर्ने बताए । ‘ कांग्रेसमा जथाभावी वोल्ने, छडा बोल्ने प्रबिति छ’ उनले भने‘यसलाई अन्त्य गरेर एकबद्ध कांग्रेस निर्माण गर्नेछु ।’ अहिले कांग्रेस भित्र पार्टीलाई योग्दान गरेका नेताहरु भएपनि त्यस्ता नेताहरुको योग्दानको कदर नभएको समेत उनले बताए । ‘ पार्टीभित्र धेरै दुःख गरेका नेताहरु हुनुहुन्छ’ उनले भने‘ तर हिजो केहि दुःख नगरेका, काम नगरेर खाने, हामी हात खुट्टा भाँचिदा, टाउको फुट्दा मोज मस्ती गर्नेहरु अहिले आएर बडा फुर्ती गर्छन्, म यसको अन्त्य गर्छु ।’

अबको पाँच बर्षमा कांग्रेस फेरी पनि एक नम्बरको पार्टी बन्ने समेत बताए । उनले फेरी पनि यो मुलुकको नेतृत्व कांग्रेसले गर्ने उनको भनाई थियो । ‘सबै कांग्रेसी नेताहरु एक हुनुपर्छ’ उनले भने‘ हामी एक भयौ भने हामीलाई कसैले हराउन सक्दैन् ।’ अहिले कांग्रेसकै कारण कांग्रेसले हार ब्यहोर्नु परेको उनको भनाई थियो । त्यसैले आफुले लगानी गरेको पार्टीमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । अहिले कांग्रेस भित्रको एकता भाँड्ने शक्तिहरु सक्रिय रहेको भन्दै यसमा सबै नेता कार्यकर्ता सचेत हुनुपर्ने उनको भनाई थियो ।

‘पार्टी भित्रको एकता भाँड्ने शक्तिहरु सक्रिय छन्’ उनले भने‘ यसमा हामी सचेत हुन आबश्यक छ ।’ उनले कांग्रेसलाई एक गराएर लैजानुपर्ने अहिलेको आबश्यकता रहेको बताए । कांग्रेस क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस अवसरमा राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, केन्द्रिय सदस्य शिला खड्का, प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरी, अर्जुनकुमार श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण क्षेत्रीय उपसभापती देवांगजन चौधरीले गरेका थिए ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया