सल्यान,
२४ – भदौ / सल्यानमा ढुंगाले लागेर एक ब्यक्तिको मृत्यु भएको छ । सल्यान कालिमाटी गाउँपालिका– १ चङ्खेनीमा ढुंगाले लागेर एक ब्यक्तिको मृत्यु भएको हो ।

मृत्यु हुनेमा करिब ३५ वर्षीय भक्तबहादुर डाँगी रहको प्रहरीले जनाएको छ । शनिबार साँझ मलामी गएर घर फर्किंदै गर्दा माथिबाट झरेको ढुंगाले टाउकोमा लागेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घटनाबारे प्रहरीलाई राति मात्र जानकारी आएकाले आइतबार बिहान घटनास्थलमा पुगेको प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया