ओमप्रकाश गुप्ता,भालुवाङ
२४ भदौ/ नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नम्बर ५ को राजधानी दुई तिहाई बहुमतले घोषणा हुनुपर्ने बताएका छन् । आइतवार बर्दियाको गुलरीयाको आमसभालाई सम्बाधेन गर्न जान लागेका महामन्त्री कोइरालाले देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै सो कुरा बताएका हुन् । उनले कांग्रेस भित्रको विवादलाई समाधान गर्न पार्टी एकताको आवश्यक रहेको बताएका छन् ।

उनले तीनतहको निर्वाचनमा पार्टी भित्रकै गुटउपगुटले हार व्यहोर्नु परेको बताउदै अव पार्टी भित्र एकताको आवश्यकता रहेको बताए । अहिले हामी प्रतिपक्षको भुमिका निर्वाह शान्तिपुर्ण तरिका गर्न सक्यौ भने आगामी चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दावी समेत गरेका छन् ।

एक आर्को प्रसंगमा महामन्त्री कोइरालाले वली सरकारले राज्यको चौथो अंग माथि हस्तक्षेत्र गरी स्वतन्त्र पत्रकारिता माथि अंकुश लगाउनु दुखद भएको भन्दै यस्तो कानुन तरुन्त संशोधन गर्न माग समेत गरेका छन् ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया