रोल्पा
२४ भदौ/ रोल्पामा गोली प्रहार गरि एक युवाको हत्या गरिएको छ । गोली प्रहार गरि रोल्पा नगरपालिका २ का २८ बर्षीय रोहीत पुनमगरको हत्या गरिएको हो । हत्याको आरोपमा रोल्पा नगरपालिका १० धवाङका देबबहादुर बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आईतबार बेलुका ५ बजेतिर गरेको ३ राउण्डको गोलीबाट उनको मृत्यु भएको हो । सुनिल स्मृति गाउँपालिका वडा नं.४ सुलिचौरमा रहेको रेशप्वाइन्ट होटेलमा दुवै जनारहेका बेलामा विगतदेखिको केही मनमुटाब भएपछि होटेलमै गोली हानी हत्या गरेका हुन सक्ने प्रहरीले बताएको छ ।

सुलिचौर इलाका प्रहरी कार्यालय अगाडि नै गोली हानी हत्या भएको हो । गोली लागेर मृत्यु हुने नेपाल तरुणदलका रोल्पाका नगर अध्यक्ष समेत हुन् । रोहित केही दिनको भ्रमणपछि सुलिचौरमा आएको र देवबहादुर पनि त्यही सुलिचौरमा भएको बेलामा झडव भएको हो । देबले आफूलाई केही समूहले आक्रमण गरेको र आफूले प्रतिरक्षाका लागि गोली चलाएको बयान दिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया