तुलसीपुर,
२५-भदौ /  वडासचिबमा नायब सुब्बा शरहका कर्मचारीलाई खटाईएको छ । तर लामो समय देखि वडाहरुमा खटाईएका सचिबहरु पुगेका छैनन् । जसले गर्दा दाङको लमही नगरपालिकाले करार र खरिदारलाई वडासचिबको जिम्मा दिन बाध्य भएको छ ।

लमही नगरपालिकामा ९ वटा वडा छन् । ९ वटा वडा मध्य ३, ६, ७ र ८ नम्बर वडामा नासु सरहको सचिब छन् । ति बाहेक १, २, ४, ५, ९ वडाहरु अहिले सचिब बिहिन छन् ।

खटाईएका वडासचिब नआएको अबस्थामा ति वडाहरुमा अहिले करारमा नियक्त भएका कर्मचारीहरुले काम चलाईरहेका छन्, भने केही वडाहरुमा खरिदारलाई सचिबको जिम्मा दिईएको लमही नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र बहादुर डाँगीले बताए । दाङका एक सय वडामध्य १९ वटा वडा अझै सचिब बिहिन बनेका छन् ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया