तुलसीपुर,
२५-भदौ /  सल्यानमा जीप दुर्घटना हुँदा श्रीमान श्रीमतीको मृत्यु भएको छ । सामान बोकेको जीप दुर्घटना हुँदा बागचौर नगरपालिका १० मोखला निवासी ६५ वर्षका बलबहादुर विक र उनकी ५५ वर्षिया श्रीमती हुकमी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीका अनुसार सल्यानको बागचौरबाट दाङका लागि छुटेको लु १ च ५६६४ नम्वरको जीप सोमबार बिहान सारदा नगरपालिका १३ स्यानीखाल अत्तरकाँडामा पल्टिएकोहो ।

प्रहरीका अनुसार गाडी सडकदेखि करिब डेढ सय मिटर तल खसेको थियो । हुकुमीको घटना स्थलमै मृत्यु भएको हो, भने घाइते बलबहादुरको जिल्ला अस्पताल सल्यानमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज लैजादै गर्दा मृत्यु भएको हो । जीप चालक २२ बर्षिय कमल बिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया