घोराही,
२८ – भदौ/ विश्व सरसफाई दिवसका अबसरमा घोराही उपमहानगरपालिकाले विहिबार विभिन्न खोला, कुलो तथा नालाहरुको सफाई गरेको छ । २४ गते देखी साता व्यापी रुपमा बिश्व सरसफाई दिवस मनाउन सुरु गरेको उपमहानगरले विहिबार नगरका बिभिन्न स्थानका खोला, कुलो र नालाको सफाई गरेको हो ।

खोला तथा कुलोमा फोहोर फाल्दा पानी प्रदुषण हुनुका साथै किसानका खेतबारीमा थुप्रिने र उत्पादनमा ह्रास आउदा किसानहरु चिन्तत भएका छन् । फोहोरको उचित व्यवस्थापन गरौ र जथाभाबी नफालौ भन्ने सन्देश दिन नगरका खोला, कुलो र नालाको सफाई गरिएको वाताबरण तथा बिपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिए । अभियानका क्रममा नयाँ बसपार्कको सेवार खोला देखी झिगौरा बाँध सम्म सफाई गरिएको छ ।

नगर प्रमुख नरुलाल चौधरी, वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्ती, वडा नम्बर १४ का अध्यक्ष एवं समिति संयोजक शक्तिराम डाँगी, वडा सदस्य नैनाकुमारी चौधरी, बसपार्क टोल विकास संस्था र झिगौरा गाउँका किसानहरु सरसफाई कार्यमा सहभागि भएका थिए ।

स्थानियहरुले खोला, नाला र कुलोमा जथाभावी फोहोर फाल्दा पानी दुषित हुनुका साथै किसानका खेतबारीमा पुग्ने भएकाले आफुले गरेका फोहोरको व्यवस्थापन आफै गर्न नगर प्रमुख चौधरीले नगरबासीलाई आग्रह गरे । सुरक्षित जीवनका लागि सरसफाई पहिलो बिषय भएको भन्दै नगर प्रमुख चौधरीले फोहोरलाई व्यवस्थापन गर्न व्यक्ति, परिवार, समाज र टोल विका संस्थाको भुमिका महत्वपूर्ण रहेको समेत स्पष्ट पारे ।

एउटाले गर्ने फोहोरले सैयौ नागरिकलाई असर गरिरहेको भन्दै उनले उचित व्यवस्थान गरेर नगरलाई सुन्दर बनाउने अभियानमा लाग्न समेत अपिल गरे । फोहोर मैला व्यवस्थापन कार्यबिधीलाई राजपत्रमा प्रकाशित गरिएको भन्दै नगर प्रमुख चौधरीले अब अटेरी गरे कार्वाही गर्ने समेत चेतावनी दिए ।

यसैगरी ट्राफिक चोकको कटुवाखोला क्षेत्रमा पनि सरसफाई गरिएको छ । साताव्यापी सरसफाई अभियान अन्तरगत पर्सि घोराहीमा बृहत सरसफाईको आयोजना गरिएको समिति संयोजक डाँगीले जानकारी दिए ।

Urban

Manokamana Auto

K&K

 

 

प्रतिकृया

प्रतिकृया