घोराही,
२८ – भदौ/ दाङको तुलसीपुर अमेलिया सडक खण्डको यही असोज १ गते देखी स्तरउन्नती हुने भएको छ । डिभिजन सडक कार्यालयले बिहिवार एक सूचना प्रकाशित गरी असोज १ गते देखी सडकको स्तरउन्नती गर्न लागिएको र आवागमनमा केही असहजता आउने जनाएको छ ।

असोज १ गते देखी दैनिक बिहान ७ बजे देखी ११ बजे सम्म, दिउसो १२ देखी ४ बजे सम्म र बेलुका ६ देखी राती ९ बजे सम्म सडक बन्द हुने कार्यालयले जनाएको छ । तुलसीपुर अमेलिया सडक खण्डका बिभिन्न स्थानमा कालोपत्रे उप्कीएको, पहिरो झरेको र खाल्डाखुल्डी परेको भन्दै सडक कार्यालयले मर्मत गर्न लागेको जनाएको छ ।

अर्को सूचना जारी नभए सम्मका लागि समय तालिका अनुसार सडक बन्द रहने सूचनामा उल्लेख गरिएको छ । छिटो भन्दा छिटो सडक मर्मत गरेर आवतजावतमा सहजता ल्याउने सडक कार्यालयका प्रमुख बद्रीप्रसाद शर्माले बताए ।

Urban

Manokamana Auto

K&K

प्रतिकृया

प्रतिकृया