घोराही,
२८ – भदौ/ प्रदेश नम्बर ५ का १२ जिल्लामा चालु आर्थिक वर्ष भित्र १ सय १३ वटा खेल मैदान निर्माण बन्ने भएका छन् । प्रदेश सरकारले मातहतका १ सय ९ स्थानीय तहमा कम्तीमा एउटा खेल मैदान बनाउन लागेको हो ।

‘एक पालिका एक खेल मैदान’ को नीति अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५५ करोड ६० लाख रुपैयाा विनियोजन गरेको छ । खेल मैदान बनाउन प्रत्येक स्थानीय तहलाई ५० लाख रुपैयाा सशर्त अनुदान दिइने छ

सामाजिक विकास मन्त्री सुदर्शन बरालले धेरै स्थानीय तहले आफ्नो परिषदबाट यो कार्यक्रमलाई पारित गरी खेल मैदानका लागि उपयुक्त जग्गा छनोट र निर्माण प्रकृया अघि बढाएको बताए ।

प्रदेश सरकारले प्रदेशले मातहतका चारवटा उपमहानगरपालिकामा रंगशाला बनाउने योजना अघि सारेको छ । जसमा बुटवलमा उजिरसिंह रंगशाला, घोराहीमा नेत्रलाल अभागी रंगशाला, लमहीमा क्रिकेट रंगशाला र नेपालगञ्जमा अर्को रंगशाला बनाउन बजेट छुट्टाएको छ ।

Urban

Manokamana Auto

K&K

प्रतिकृया

प्रतिकृया