तुलसीपुर,
२९-भदौ /  बंगलाचुली गाउँपालिकामा ८ वटा वडा छन् । तर ति सबै वडामा अझै पनि वडा सचिब पुग्न सकेका छैनन् । जसले गर्दा अहिले दुई जना वडा सचिबले चारवटा कार्यालय हेर्नुपर्ने बाध्यता रहेको छ ।

बंगलाचुलीमा अझै दुई वटा वडामा सचिब पुग्न सकेका छैनन् । ती वटाहरुलाई अहिले अन्य वडाका सचिबहरुले सेवा प्रबाह गरिरहेका छन् । अहिले ३ र ४ नम्बर वडालाई एउटा सचिब र ४ र ६ नम्बर वडालाई एउटा सचिबले काम सम्हालिरहेका छन् । ति बाहेक अन्यवडाहरुमा भने सचिब पुगेका छन् । दाङका एकसय वडा मध्य १९ वडामा सचिब पुग्न सकेका छैनन् ।

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया