तुलसीपुर
८ असोज/ रोल्पाका एक ब्यक्तिले आफैमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन् । रोल्पा रुन्टीगडी गाउँपालिका वडा नं. ६ डुव्रिङ निवासी ५१ वर्षीय कुल प्रसाद विकले आज सोमबार बिहान आफैमाथि गोली हानी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

रोल्पाका प्रहरी प्रमुख दीपक खड्काका अनुसार विकले बिहान ८ बजेतिर आफ्नै घाँटीमा गोली हानी आत्महत्या गरेका हुन् । तर परिवारका सदस्यले भने ९ बजे मात्रै प्रहरीलाई खबर गरेको डिएसपी खड्काले बताए ।

परिवारका अनुसार विकाले केही दिन अघि नै ‘म मर्छु’ भन्दै तर्साउदै आएका थिए । विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भईरहेको डिएसपी खड्काले बताए ।

प्रतिकृया

प्रतिकृया