डिल्लीबहादुर खत्री, पश्चिम रुकुम,
१९ -असोज / पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा जनसत्ताका ४५ वटा मुद्दा परेका छन् । तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जन सरकारमा रजिष्ट्रेसन भएका घरजग्गा सम्बन्धिका ४५ वटा मुद्दा नगरपालिकामा परेका हुन् ।

देश शान्ति प्रक्रियामा गएको दशक बढी भइसक्दा पनि राज्यले माओवादी जनसत्तामा रजिष्ट्रेसन भएका मुद्दा टुङ्गयाउन सकेको छैन् । स्थानीय सरकारले जनप्रतिनिधि पाएपस्चात रुकुमका प्राय ः स्थानीय तहले जनसत्ता रजिष्ट्रेसन कार्यन्वयन गर्ने निर्णय गरेको थियो ।

सोही अनुरुप चौरजहारी नगरपालिकाले पनि पहिलो नगर सभाबाट जनसत्ता रजिष्ट्रेशनलाई ठगी अन्तरगत राखी मालपोत पास नदिनेलाई स्थानीय सरकारका सेवा सुविधा रोक्का गर्ने नीति पास ग¥यो । तर त्यसलाई ब्यबहारिक कार्यान्वायन भने गर्न सकेन् ।

स्थानीय तहको निर्णयले खुसी भएका जनताले अझै न्यायको अनुभूति भने गर्न सकेका छैनन् । नगरपालिकामा ४५ वटा जनसक्ताका मुद्दा दर्ता भएको चौरजहारी नगरपालिकाका उपप्रमुख राधा रोकाले जानकारी दिईन् ।

तर अदालतकै कारण आफुहरुले ति मुद्धाको छानविन गर्न नपाएको उनको भनाई छ । ‘अदालतले हाम्रा हात बाँधी दिएको छ’ उनले भनिन्‘ यस सम्बन्धिका मुद्दा हेर्न पाईएकै छैन् ।’

यस बिषयमा प्रदेशसभाले कानून बनायो भने त्यही कानूनमा टेकेर फैसला गर्ने अपेक्षा रहेको उनको भनाई थियो । अर्को तर्फ नीति अनुसार ठगी भयो भनेर निवेदन नआएकाले पनि जनसत्ता रजिष्ट्रेशनका मुद्दा फैसला हुन नसकेको उनको भनाई थियो ।

अहिले न्यायीक समितिमा जनसत्ता रजिष्ट्रेशन र जग्गा किचलो सम्बन्धि मुद्दा दर्ता न्यायीक समितिका संयोजक समेत रहेकी रोकाले बताईन् ।

प्रतिकृया

प्रतिकृया