दाङ,
२४ -असोज / त्रिभुवननगर जेसिजले जेसिजग्रामको रुपमा विकास गर्न थालेको घोराही १३ मौलाकोटका विषयमा संघीय संसदका सभामुखसंग छलफल गरिएको छ ।

त्रिभुवन नगर जेसिजका अध्यक्ष लालमणि भण्डारी, जेसिज ग्राम संयोजक माधव केसी, निबर्तमान अध्यक्ष रजिव उल्लाह खान, पुर्वअध्यक्ष ओविन्द्र महरा, पुष्पराज आचार्यको टोलीले सभामुख संग छलफल गरेको हो ।

त्रिभुवननगर जेसिजको टोलीले महरालाई जेसिजग्रामको विकासका लागि विभिन्न योजना समेटिएको अनुरोधपत्र हस्तान्तरण गरेको छ । अध्यक्ष भण्डारीले मौलाकोटमा अथाह सम्भावनाहरु हुँदा हुँदै पनि आधारभुत पुर्वाधारबाट बन्चित रहेको बताए । युवाहरुको सस्था त्रिभुवननगर जेसिजले जेसिज ग्रामको रुपमा विकास गर्ने योजना अगाडी ल्याएपनि बजेट तथा कार्यक्रमहरुको अभाव भएको उनले बताए ।

सभामुख महराले जेसिजग्रामको गुरुयोजना निर्माण गर्न आग्रह गरे । गुरुयोजना निर्माण भएपश्चात कार्यक्रमहरु तय गर्न सहज हुने उनको भनाई रहेको थियो ।

केन्द्रीय बजेट आबस्यक नपर्ने भन्दै मौलाकोटमा भ्यु टावर निर्माण गर्ने, बाटो, विजुली र विद्यालय जस्ता आधारभुत पुर्वाधार तयार पार्नको लागि स्थानिय सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण गराउन सकिने उनले बताए ।

प्रतिकृया

प्रतिकृया