तुलसीपुर,
२५ – असोज / प्रदे नं. ५ का संघीय आन्तरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसी एकको बर्ष बर्ष भित्र बिकासले गति लिने बताएका छन ।

रिपोर्टर्स क्लब दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री केसीले यो बर्ष कानून र व्यबस्थापकीय बर्ष भएकाले कानून निर्माणको कार्यले पूर्णता पाएसंगै बिकासले थप गति लिने बताए । ‘यो बर्ष कानून निर्माण र ब्यबस्थापकीय बर्षको रुपमा रहन्छ’ उनले भने ‘ कानून निर्माणको काम पूरा भएसंगै विकास निर्माणले थप गति लिन्छ ।’

अहिले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच अधिकारहरु बाझिएकाले केही समस्या भएपनि त्यस्ता समस्या समाधानका लागि कानून निर्माणको काम भईरहेको उनकोे भनाई रहेको थियो । अहिले प्रदेश नं. ५ करिब एकसय वटा कानुन निर्माणको चरणमा रहेको बताए ।

अर्को फरक प्रसंगमा प्रदेशले करको दर नभई दायरा बढाएको उनले बताए । तर केही स्थानीय तहले आफ्नो क्षेत्रअनुसार केही हेरफेर गरेको बिषयलाई संघीयताको बिपक्षमा रहेको समुहले राजनीतिक मुद्धा बनाएको उनको भनाई थियो । मुलुक समृद्धिको मार्गमा अघि बढिसकेको अबस्थामा अब यस्ता बिषयलाई राजनीतिक मुद्धा बनाएर संघीयता असफल पार्ने कार्य नगर्न समेत सबैलाई आग्रह गरे ।

रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब बिमल गौतमले गरेका थिए ।

 

प्रतिकृया

प्रतिकृया