तुलसीपुर,
२५ – असोज / संघीय संसदका सभामुख कृष्णबहादुर महराले राज्यले अमर प्रहरीलाई राज्यले शहिद घोषणा गर्नुपर्ने बताएका छन् ।

६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश नं. ५ प्रहरी कार्यालय दाङले आयोजना गरेको कार्यक्रममा सभामुख महराले अमर प्रहरीकै बलिदानीले देश समृद्धिको मार्गमा अघि बढेकाले राज्यले शहिद घोषणा गर्नुपर्ने बताए । त्यसका लागि आफ्नो तर्फबाट पहल थाल्ने उनको भनाई थियो ।

कार्यक्रममा बिशिष्ट अतिथि प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रहरीको जीवन रक्षाको पूर्ण ग्यारेन्टी प्रदेश सरकारले लिने बताए । उनले अमर प्रहरीको परिवारलाई प्रदेश सरकारले प्याकेजमा सहयोग गर्ने समेत बताए ।

त्यस अवसरमा शान्ति सुरक्षामा टेवा पु¥याएका बिभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । अमर प्रहरी परिवारको तर्फबाट निर्मला थापाले अमर प्रहरीलाई सहिद घोषणा गर्न माग गरेका थिए ।

सरकारकै काममा खटिदा सहादत प्राप्त गरेकाहरुलाई सरकारले सहित घोषणा नगर्दा पीडित परिवारलाई थप पीडा थपेको उनले बताईन् । त्यस अवसरमा पूर्ब प्रहरी नायब उपरीक्षक रोवर बहादुर बस्नेतले प्रहरीको छबिलाई थप उचो बनाउने गरि काम गर्नुपर्ने बताए ।

पूर्बप्रहरीहरुले प्रहरीको छबिलाई उचाईमा लिएको भन्दै त्यो उचाईलाई काम गर्न प्रहरीले बिश्वसनीयता, निश्पक्षतामा ध्यानदिनुपर्ने बताए । प्रदेश नं. ५ का एसएसपी नरबहादुर केसीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिकृया

प्रतिकृया