तुलसीपुर
२५ असोज/ दाङमा भएको दुर्घटनामा परि गम्भीर घाईते भएका दुई जनालाई हेलिकप्टर चार्टर गरि काठमाडौं लगिएको छ । दाङको दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा बस र मोटरसाईकल एक आपसमा ठोक्किदा गम्भीर घाईते भएका दुई जनालाई चारलाख रुपैयाँ तिरेर हेलिकप्टर चार्टर गरि काठमाडौं लगिएको हो ।

खुट्टाको हड्डीनै फ्याक्चर भएका उनीहरुलाई दाङका कुनै पनि अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई काठमाडौं लगिएको हो ।बिहीबार बिहान ९ बजे भएको दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. २ निवासी ३९ बर्षीय प्रकास केसी र उनकी श्रीमती ३६ बर्षीय सुनिता केसी गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार हापुरेबाट तुलसीपुर आउँदै गरेको ग १ ख ७७०३ नम्बरको बस र तुलसीपुरबाट हापुरे तर्फ जाँदै गरेको रा २ प २८६९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका थिए ।

प्रतिकृया

प्रतिकृया