तुलसीपुर
२५ असोज/ प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले पश्चिम दाङको देवस्थान मन्दिरलाई पर्यटकीय गन्तब्य बनाउने बताएका छन् । नेकपा तुलसीपुर उपमहानगरपालिका वडा नं. १ ले आयोजना गरेको बिजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताए ।

तुलसीपुर १ का सयोजक लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उनले पश्चिम क्षेत्रको पर्यटनको भबिष्य बोकेको देवस्थान मन्दिरलाई पर्यटकिय स्थल बनाउने हो भने त्यस क्षेत्रको आर्थिक अबस्थामा सुधार आउने बताए । उनले पर्यटननै समृद्धिको आधार भएको समेत बताए ।

त्यस्तै केसीले जनप्रतिनिधिले स्थानीयसंग समन्वय गर्नुपर्ने समेत बताए । कार्यक्रममा नेकपाका नेता कृष्ण भुषाल, बिनोद शर्मा, भुपवती भण्डारी , पदम नेपालीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । भीमकान्त भण्डारीले स्वागतमन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण हेमकान्त सापकोटाले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया