तुलसीपुर, 
३१-असोज /  हरेक वर्षझै तुलसीपुर-६ गाइडहरमा रहेको श्री दुर्गादेवि खड्ग भवानि मन्दिरमा यस वर्षपनि नवदुर्गा देविको पुजा आरधाना भइरहेको छ । घटस्थापनाको दिनदेखि आरधना शुरुभै फुलपातिको दिन विधिवतरुपमा पञ्चेवाजा सहित फुलपाति भित्राउदै अष्टमीको दिन विहान पशुवली सहित सोहि दिन राती (कालरात्री) रातभर जागाराम वसी पञ्चेवाजा सहित भजन कृतन गदै मध्यरातमा पुन पशुवली चढाइने गरिन्छ ।

त्यस्तै नवमिको दिन श्री दुर्गादेवि खड्ग भवानिलाइ राँगा बोका सहित पञ्चवली दिइ प्रसन्न बनाइन्छ र दशमीको दिन कोट मन्दिरमा चढाएको टिका प्रसाद आ-आफ्नो घर घरमा लिएर बडा दशैको टिका आरम्भ गरिन्छ । यसरी यस मन्दिरमा स्वच्छ पवित्र मनले चिताएको वर मागेमा पुराहुने विश्वास रहिआएको छ ।

यस किसिमको कोट पुजा मध्यपुर्वि नेपालको प्यूठान गुल्मी अर्घाखाचि पाल्पा लगाएतका जिल्लामा हुनेगरेको र सो क्षेत्रवाट दाङ्गमा वसाइ सरी आएकाहरुले आफ्नो सस्कृतीको जर्गेनाको निम्ती यस क्षेत्रमा पनी यो कोट पुजा को थालनी गरीयको मन्दिर व्यवस्थापन श्रोतले वताएको छ ।

प्रतिकृया

प्रतिकृया