घोराही
३१ असोज/ दाङमा ७ सय बढी मुक्त कमैयाहरुले घरबारका लागि जग्गा पाएका छन् । मुक्त कमैया समाज दाङका अनुसार १४ सय २६ जनाले मुक्त कमैयाँको परिचय पत्र पाएको र ति मध्य ७ सय ५ जनाले जग्गा र लालपूर्जा पाएका छन् ।

तर लालपूर्जा पाएका मध्य १७ जनाले भने जग्गा नपाएको समाजका अध्यक्ष हरिचन्द्र चौधरीले जानकारी दिएका छन । सरकारले बिबादित जग्गाको लालपूर्जा दिदा मुक्त कमैयाहरुले जग्गामा आबास र जोतभोग गर्न नपाएको उनको भनाई छ ।

सरकारले निकै ढिलो गतिमा मुक्त कमैयाँ व्यवस्थापन गरिरहेको भन्दै उनले अझै ३३ सय ६५ जना मुक्त कमैयाँले कुनै पनि परिचय पत्र पाउन नसकेको बताएका छन। मुक्त कमैयाहरुको व्यवस्थापनमा पटक पटक आन्दोलन र दवाव दिदै आएपनि अपेक्षित प्रगति भने हुन नसकेको उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया