रोल्पा
८ कात्तिक/ रोल्पामा बुधबार राती धारीलो हतीयार प्रयोग गरी एक ब्यक्तीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गंगादेब गाउपालिका वडा नं ५ स्थीत सुकलाल सार्किले श्रीमति देविसरा सार्कीलाई धारीलो हतीयार प्रयोग गरी हत्या गरेका हुन् ।

राती करिब ११ बजे आफ्नै घरमा श्रीमतीको घाटीमा खुकुरी प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।  मानसिक सन्तुलन ठिक नभएको जस्तो देखीने सुकलालले हत्या गर्नुको कारण घरायसी बिबाद रहेको बुझीएको छ । घटना पछी सुकलाललाई प्रहरीले नियन्त्रण गरी अनुसन्धान भईरहेको छ ।

प्रतिकृया

प्रतिकृया