सल्यान,
१२ – कात्तिक / सल्यानको कपुरकोट गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाको बार्षिक समीक्षा गोष्ठी सोमबारबाट शुरु भएको छ । आर्थिक बर्ष २०७४/०७५ मा कपुरकोट गाउँपालिकाभित्र स्वास्थ्य क्षेत्रमा भएका गतीविधिहरुको बारे समीक्षा गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले जानकारी दिए ।

गोष्ठीको उद्घाटन गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले हरेक स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउन आग्रह गरे । उनले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कसैको पनि वेवास्ता हुन नहुने बताए । साथै स्वास्थ्य क्षेत्रको बिकासका लागि स्थानीय तहबाटै योजना बनाइ अघि बढ्ने प्रतिबद्धता जनाए ।

यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर र प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा लगानी बढाउदै लैजाने बताए । गोष्ठीमा गत वर्ष स्वास्थ्य क्षेत्रमा भएको समस्याको पहिचान, समाधानको उपाय खोजि गरी कार्ययोजना बनाइने स्वास्थ्य शाखा प्रमुख दाहालले जनाए ।

उनले गत आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम केन्द्रित छलफल,विभिन्न सूचकहरु माथि टिप्पनी, कार्यक्रमको प्रगतिहरुको बारेमा बृहत छलफल हुने पनि बताए ।

मंगलबार सकिने समीक्षा गोष्ठीमा गाउँपालिकाभित्र रहेका चारवटा स्वास्थ्य चौकी, २ वटा स्वास्थ्य इकाइ र एउटा आयुर्वेदिक औषधालयका स्वास्थ्यकर्मीहरु सहभागी छन् ।

 

 

प्रतिकृया

प्रतिकृया