ओमप्रकाश गुप्ता, भालुवाङ
१३ कातिक/ राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा कुमारी चौधरीले यसै आर्थिक वर्ष देखि ९ दम्पतीजोडी सम्मान कार्यक्रम सुरु गर्ने बताएकी छिन् । गाउँपालिकाले सोमवार आफ्नै कार्यालय परिसर मसुरीयामा आयोजना गरेका जेष्ठ नागरिक सम्बन्धी सरोकारवाला बीच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् ।

पछिल्लो समययता छोराछोरीले जन्मदिन बुवाआमालाई हेला गर्ने,पालनपोषण नगर्ने, वृद्धा आश्रममा राख्ने जस्ता विकृती बढे पछि गाउँपालिकाले उनीहरुको मानसिकतामा परिवर्तन ल्याउन यस्तो कार्यक्रम ल्याउने लागेको बताएकी छिन् । उनले परिवार भित्रजसको छोरा बुहारीले आफ्नो जन्मदिन आमाबुवाको लालनपालन,हेरविचार र स्याहार गर्छ त्यस्तो जोडीको पहिचानगरि सम्मान गरिने बताएकी छिन् ।

साथै उनले यसै आर्थिक वर्ष देखि वृद्धवृद्धाहरुलाई लक्षित गरी दिवासेवा केन्द्र समेत सञ्चालनमा ल्याउने बताएकी छिन् । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले वृद्धवृद्धाहरुलाई उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्तालाई वैज्ञानीक बनाउनु पर्ने, वृद्धआश्रम बन्दगरिनु पर्ने,यातायातमा सहुलियत हुनु पर्ने, स्वास्थ्यउपचारमा छुट हुनु पर्ने, सामाजिक सुरक्षाभत्तालाई घरघर सम्म पु¥याउने व्यवस्था मिलाउनु पर्ने सुझाव दिएकाथिए ।

गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्तीगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, वडा नम्बर ६ का अध्यक्ष बेदप्रसादचौधरी, नेपालपत्रकार महासंघका प्रदेश नम्बर ५ का पार्षद महेश रिजाल, रेडियो राप्तीका समाचार प्रमुख ओम प्रकाशगु , देउखुरी टुडेका प्रकाशक÷सम्पादक सन्तोषकुमार गुप्ता, पत्रकारहरु विदुर एमसी, कमल गिरी, जेष्ठ नागरिक संघका जिल्ला सदस्य युवराज न्यौपाने, पदमबहादुर पाण्डेलगायत जेष्ठ नागरिकहरुले आआफनो गुनासो राखेकाथिए । सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण साहायक महिला विकास निरिक्षक विनिता अधिकारीले गरेकी थिइन् ।

प्रतिकृया

प्रतिकृया