सल्यान
१५ कात्तिक/ सल्यानमा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन । सल्यानको कालीमाटी गाउँपालिका वडा नं. ३ बल्ले निवासी ४५ बर्षीय लाजबोर कुँवर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

कात्तिक ११ गते घर बाट निस्किएका कवर तीन किलोमिटर पूर्ब नजिकैको छहरेखोलामा बिहीबार विहान मृत अवस्थामा रहेको फेला परेका हुन् । स्थानीयहरुले शव देखेपछि प्रहरी खबर गरेका थिए , त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

मृतक कवरको मानसिक सन्तुलन ठीक नभएका कारण लडेर मृत्यु भएको हुन सक्ने प्रहरी नायब उपरिक्षक प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाहीले बताए । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया