लमही
१६ कात्तिक/ लमही नगरपालिकाको न्यायीक समितिले अहिलेसम्म ४९ वटा विवाद समाधान गरेको छ । न्यायीक समिति स्थापना भएदेखि ९५ वटा विवाद दर्ता भएकोमा अहिलेसम्म ४९ वटा विवाद समाधान गर्न सफल भएको न्यायीक समिति संयोजक देवका बेलबासेले पत्रकार सम्मेलन गरि जानकारी दिए । चालुआर्थिक बर्षमा २० वटा विवाद दर्ता भएको हाल सम्म ११ वटा विवाद समाधान गरेको उनले जानकारी दिए ।

स्थानीय तहको न्यायीक समितिमा सबैखाले विवाद आउँदा विवादको प्रकृति छुट्टाउन पनि उत्तिकै समस्या भएको संयोजक बेलबासेले जानकारी दिए । नागरिकमा न्यायीक समितले हेर्ने विवादको प्रकृति थाहा नहुँदा सबै खालका विवादहरु स्थानीय न्यायिक समीतिमा दोहोरिन थालेका छन् । नजिक पर्ने र जनप्रतिनिधीसंग नागरिकको घुलमिल बढी हुने भएकोले सबै खालका विवाद आएपनि विवादको प्रकृति हेरेर विवादहरु हेरफेर गर्ने गरेको न्यायीक समितिका सदस्य कृष्ण घिमिरेले जानकारी दिए ।

यस्तै समितिले स्थानीय स्तरमा गठन भएका सामुदायिक मेलमिलाप केन्द्रलाई सूचिकृत गर्न निवेदन माग गरेको छ । जसमा हाल सम्म २० वटा केन्द्रले निवेदन दिएको न्यायीक समिति सदस्य कुमार भट्टराइले जानकारी दिए ।

यस्तै आवश्यक अनुसार दक्ष जनशक्ति नहुँदा नहुँदा न्याय सम्पादनमा असहज भएको संयोजक बेलबासेले जानकारी दिईन् । स्थानीय तहमा रहेको न्यायिक समितिले न्यायपालिकाको रुपमा काम गर्ने अधिकार संविधानले दिएपनि कानुन सम्बन्धि जानकारी भएको जनशक्ति नहुँदा समस्या भएको उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया