ओमप्रकाश गुप्ता , भालुबाङ
१७-कार्तिक /  इलाका प्रहरी कार्यालय भालुवाङले शनिवार देउखुरीको राप्तीगाउँपालिका–३ नयाँवस्तीबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङबाट गएको टोलीले शंकास्पद तरिकाले हिडिरहेको अबस्थामा अनुगमण गर्दा राप्तीगाउँपालिका वडा नं. ३ निवासी बालसिंह रोकाले बोकेको कालो रंगको झोला चेकजाँचगर्ने क्रममा लुकाई छिपाई राखेको नाइट्रजेयाम १५ चक्की र चोरीमाप्रयोग गरिने औजार सहित उनीसहिटत राप्ती गाउँपालिका वडा नं. ४ मझनीगढ निवासी लक्ष्मण खत्रीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई लागु औषध ओसार पसार सम्बन्धि मुद्दादर्ता गरि दाङ देउखुरी जिल्ला अदालत घोराहीबाट प्रहरी हिरासतमा राख्न पहिलो पटक ६ दिनको लागि म्याद थपगरि अनुसन्धान भईरहेको इलाकाप्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया