घोराही,
१८ – कार्तिक/ जिल्ला प्रहरी कार्यालय दाङले वितेको तीन महिनामा गरेका काम सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख कृष्णहरी शर्मा आएको साउन २८ गते देखी हाल सम्म गरेको अपराध नियन्त्रणका कामहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले आज एक प्रेस बिज्ञप्ती जारी गरी लागुऔषध, जुवा, हतियार नियन्त्रण, अभियुक्तहरु पक्राउ र चोरीका सामानहरु जफत जस्ता बिषयलाई प्रहरी तीन महिने उपलब्धीकारुपमा सार्वजनिक गरेको हो ।

प्रहरीले तीन महिनामा जुवाडेहरु ३३ जना र उनिहरुको साथबाट ५ लाख ३ सय ५५ रुपैयाँ बरामद गरेको जनाएको छ । त्यसैगरी बिभिन्न प्रकारका लागु औषध सहित ८ जना व्यक्ति र एउटा गाडी समेत बरामद भएको छ ।

त्यसैगरी ३ जना ठगि गर्ने, एक जना कर्तव्य ज्यान र एक जना करणि मुद्धामा व्यक्ति पक्राउ परेका छन् भने दुई जना पेस्तोल सहित पक्राउ परेको प्रहरीले जनाएको छ । साथै प्रहरीले केही दिन पहिले १७ लाख रुपैयाँको चोरि गरेको रिचार्ज कार्ड सहित एक जनालाई पनि पक्राउ गर्न सफल भएको बिज्ञप्तीमा उल्लेख गरेको छ ।

आएको तीन महिनामै हेडक्वाटर तानिनु भएका एसपी शर्माले जाने क्रममा आफुले गरेका कामलाई सार्वजनिक गर्नुभएको हो । एसपी शर्मालाई प्रहरीकै संरक्षणमा जुवा खेल्ने र ढुंगाजन्यबस्तुहरु निकासी गरेको भन्ने आरोप लागेपछि तीन महिना मै सरुवा भएको हो ।

हेर्नुस विबरण

District Police Office, Dang

छोटो समय उल्लेखनिय उपलब्धि

प्रहरी उपरीक्षक कृष्ण हरी शर्मा मिति २०७५।०४।२८ गते जिल्ला प्रहरी कार्यालय दाङको कार्यालय प्रमुखको रुपमा खटि आएदेखी हालसम्म अपराध अनुसन्धान तथा नियन्त्रणका क्षेत्रमा भए गरेका गतिविधिहरुको बिबरण ।

Ø ६० किलो ग्राम अवैध लागुऔषध(चरेश) सहित ५ जना पक्राउः-

मिति २०७५।०५।०१ गते जिल्ला दाङ लमही नगरपालिका वडा नं.९ अमिलिया स्थित अवैध लागुऔषध(चरेश)को कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा यस कार्यालयबाट खटिएको बिशेष प्रहरी टोली खटि उक्त स्थान जिल्ला दाङ लमही नगरपालिका वडा नं.९ अमिलिया जंगलमा पुग्दा जिल्ला रुकुम मुसिकोट नगरपालिका वडा नं.११ बस्ने बर्ष ४५ को प्रेम बहादुर घर्ती र जिल्ला सल्यान दार्मा गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३५ को डिल्लीराज चन्द लाई शंकास्पद अवस्थामा फेला पारी निजहरुले बोकी हिडेको प्लाष्टिको बोरामा १० किलो ग्राम अवैध लागुऔषध(चरेश) सहित पक्राउ गरी सोधपुछ् गर्दा सो अवैध लागुऔषध(चरेश) जिल्ला रुकुम साबिक रन्नामैकोट गा.वि.स.वडा नं.३ भई हाल उत्तरगंगा गाउँपालिका वडा नं.१ काल्दुङ घर भई हाल जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं.१५ रतनपुर बस्ने बर्ष ३० की रुपा घर्ती (पुन), जिल्ला रुकुम भुमे गाउँपालिका वडा नं.-२ कालडुङ बस्ने बर्ष २७ को सपना पुन मगर(बुढा) र ऐ ऐ बस्ने ध्रुव जंग बुढाबाट खरिद गरी ल्याएको भनी खुल्न आए पश्चात तत्कालै सो कारोबारमा संलग्न रुपा घर्ती(पुन), सपना पुन(बुढा) र ध्रुवजंग बुढालाई जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं.१५ रतनपुर स्थितबाट पक्राउ गरी अनुसन्धान गर्दै जाँदा अन्य लागुऔषध( चरेश) अमिलिया जंगलमा लुकाई छिपाई राखेको भन्ने खुल्न आई प्रहरी अधिकृत सहितको टोली उक्त स्थानमा खटि जाँदा जिल्ला दाङ लमही नगरपालिका वडा नं.९ स्थित गोपी बुढाको मकै बारी नजिकै झाडीमा ४ वटा बोरा भित्र लुकाई छिपाई गरी राखेको तत्काल तौल गर्दा ५० किलोग्राम अवैध लागुऔषध(चरेश) फेला पारी जम्मा ६० किलोग्राम अवैध लागुऔषध(चरेश) सहित प्रेम बहादुर घर्तीमगर, डिल्लीराज चन्द, सपना पुन मगर(बुढा), रुपा घर्ती(पुन) र ध्रुव जंग बुढालाई पक्राउ गरी लागुऔषध(चरेश) मुद्धा शिर्षकमा म्यादथप गरी अनुसन्धान भईरहेको ।

मितिः- २०७५।०५।०३ गते ।

Ø कर्तव्य गरी फरार रहेका कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ

मिति २०६८।०३।२८ गते राती जिल्ला दाङ साविक नारायणपुर गा.वि.स.वडा नं.४ दक्षिण अम्रई स्थित जिल्ला रुकुम साविक पोखरा गा.वि.स.वडा नं.६ हाल सिस्ने गाउँपालिका वडा नं.-४ बस्ने बर्ष ३६ को टेक बहादुर घर्तीलाई धारिलो हतियार प्रयोग गरी बिभत्स हत्या गरेको कर्तव्य ज्यान मुद्धामा अनुसन्धान गर्दै जाँदा तत्काल मृतक टेक बहादुर घर्तीलाई कर्तव्य गरी मारेको भनी बल बहादुर घर्ती समेतले जिल्ला रुकुम साविक कोल गा.वि.स.वडा नं.५ हाल उत्तरगंगागाउँपालिका वडा नं.१२ बस्ने बाघीबिर गुरुङको नाति हर्क बहादुर गुरुङको छोरा बर्ष ४२ को गौकर्ण गुरुङ को नाममा किटानी जाहेरी दरखास्त दिएकोमा निज गौकर्ण गुरुङ वारदात देखी खोजतलास गर्दा गराउँदा समेत फेला पर्न नआई मिति २०७५।०४।१७ गते पक्राउ गरी अनुसन्धान गर्दा मृतक टेक बहादुर घर्तीलाई गौकर्ण गुरुङले मारेको भन्ने खुल्न नआएकोले सो घटना सम्बन्धमा नयाँ अनुसन्धान टोली गठन गरी थप बिशेष अनुसन्धानबाट जिल्ला दाङ साविक घोराही नगरपालिका वडा नं.१० घर भई साविक लालमटिया गा.वि.स.वडा नं.३ हाल राप्ती गाउँपालिका वडा नं.१ भालुवाङ बस्ने हर्क बहादुर बुढाको छोरा बर्ष ३७ को किरण भन्ने कुमबिर बुढा जिल्ला बाग्लुङ साविक बोवाङ गा.वि.स.वडा नं.९ हाल ढोरपाटन नगरपालिका वडा नं.९ ढोरपाटनमा आलु खेती समेत गरी लुकिछिपी बसेको भन्ने बिशेष सुचनाको आधारमा यस कार्यालयबाट खटी गएको बिशेष प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय बुर्तिवाङ बाग्लुङ र प्रहरी चौकी ढोरपाटन बाग्लुङसंगको समन्वयमा जिल्ला बाग्लुङ ढोरपाटन नगरपालिका वडा नं.९ ढोरपाटनबाट मिति २०७५।०५।१६ गते फेला पारी पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा निज मृतक टेक बहादुर घर्तीसंग उक्त घटना हुनु भन्दा अगाडी व्यापारी पार्टनर भई अल्लो/धागो तथा माछा पालन समेतको पार व्यवसाय संगै गर्दै आएकोमा उक्त पार्टनर व्यापारमा हिसाव नमिलेपछि लेनदेनको बिषयलाई लिएर आफैले खुकुरी प्रहार गरी कर्तव्य गरी मारेको र लुक्नको लागि ढोरपाटन गएको भन्ने खुल्न आएकोले निजलाई कर्तव्य ज्यान मुद्धा शिर्षकमा म्यादथप गरी थप अनुसन्धान भईरहेको ।

मितिः- २०७५।०५।१९ गते ।

Ø USA अटोमेटिक पेस्तोल सहित १ जना पक्राउः-

मिति २०७५।०५।३० अन्दाजी १९:३० बजेको समयमा जिल्ला दाङ घोरीही उप-महानगरपालीका वडा नं. १३ बडहरा बस्ने बर्ष २७ को बिर बहादुर चौधरीले अबैध हतियार बोकी हिडिराखेको छ भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले जिल्ला दाङ घोराही उप-महानगरपालीका वडा नं. १५ बुद्धी ग्यारेज नजिकैको घोराही तुल्सीपुर सडकखण्डमा निज बिर बहादुर चौधरीलाई फेला पारी निजको शरीर रितपुर्वक खानतलासी गर्दा निजले  शरीरको बायां तर्फ पाईन्टको बेल्टमा  लुकाई छिपाई राखेको Automatic Pestol Made In USA लेखिएको  ७.६५ क्यालिभरको पेस्तोल थान- १ र ऐ ऐ को म्याग्जिन थान १ र ऐ ऐ को  गोली राउण्ड ४ (चार) र निजले सवार गरेको कालो रङको २२० कालो रङको पल्सर  रा ४ प २४६६ नं. मोटर साईकल सहित फेला पारी रित पुर्बक बरामद/ पक्राउ गरी अनुसन्धान भईरहेको ।

मितिः- २०७५।०५।३१ गते ।

 

Ø प्रहरी बनाई दिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउः-

 प्जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नं.१ चरिकोट घर भई काठ्माण्डौं पेपस्सीखोला बस्ने बर्ष अ.५०/५१ को कालि बहादुर लामा समेतका व्यक्तिहरुले जिल्ला सल्यान शारदा नगरपालिका वडा नं.३ बडाखोला बस्ने भिमसेन भण्डारीको छोरा बर्ष २० को गणेश भण्डारी समेतका व्यक्तिहरुलाई नेपाल प्रहरी जवान पदमा भगौडा भएको खाली ठाउँमा भर्ति गराई दिन्छु भन्दै प्रत्येक व्यक्तिबाट रु.२,५०,०००।-(दुई लाख पचास हजार) ठगी गर्ने निज काली बहादुर लामालाई मिति २०७५।०५।२७ गते काठ्माण्डौं जिल्ला काठ्माण्डौं महानगरपालिका वडा नं.५ महाराजगंज स्थित फेला पारी पक्राउ गरी अनुसन्धान भईरहेको ।

मितिः- २०७५।०५।३१ गते ।

Ø रकम सहित जुवा खेलिरहेका ५ जना पक्राउः-

मिति २०७५।०६।०२ गते अ.१७:३० बजेको समयमा  जिल्ला दाङ तुल्सीपुर उप-महानगरपालिका वडा नं.८ अश्वार स्थित बाल कृष्ण डाँगीको घरमा अवैध रुपमा रकम समेत राखी जुवा तास खेलिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा बिशेष प्रहरी टोली खटि जाँदा उल्लेखित घरमा जुवा खेलिरहेको अवस्थामा जिल्ला  दाङ तुल्सीपुर उप-महानगरपालिका वडा नं ९ बस्ने बर्ष ३३ को तारा के.सी., ऐ ऐ ८ बस्ने बर्ष ३१ को सुरेन्द्र सिंह राठौर, ऐ ऐ २ बस्ने बर्ष २७ को शोभाराम वली, जिल्ला सल्यान थारमारे-५ बस्ने बर्ष ३६ को दिल बहादुर सुनार र ऐ ऐ बस्ने बर्ष ४१ को तेज बहादुर खड्कालाई फेला पारी जुवा खालबाट जुवा खेल्न प्रयोग भएको बिभिन्न दरका नेपाली नोट गरी जम्मा रु.४३,१००।- र  तास सहित बरामद एवम् पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको ।

मितिः- २०७५।०६।०४ गते ।

Ø HOME MADE रिभलबर पेस्तोल सहित १ जना पक्राउ

मिति २०७५।०६।०२ गते अन्दाजी २२;०० बजेको समयमा जिल्ला दाङ घोरीही उप-महानगरपालीका वडा नं. १२  बस्ने  बर्ष २१ को जुन कुमार बुढाले अबैध हतियार बोकी हिडिराखेको छ भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले जिल्ला दाङ घोराही उप-महानगरपालीका वडा नं. १३ बडहरा स्थित जुन कुमार बुढालाई फेला पारी निजको शरीर रितपुर्वक खानतलासी गर्दा निजले  दाहिने कम्मरको  पाईन्टमा च्यापेर लुकाई छिपाई राखेको  HOME MADE रिभलबर पेस्तोल थान- १ फेला पारी रित पुर्बक बरामद गरी निज जुन कुमार बुढालाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको ।

मितिः- २०७५।०६।०४ गते ।

Ø करोडको चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने २ जना पक्राउः-

तिर्था बाँठाको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी पुरण बहादुर खवास समेत भएको ठगी मुद्धामा यस कार्यालयबाट खटि गएको बिशेष प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय वेलटारी नवलपरासीसंग समन्वय गरी निज प्रतिवादी जिल्ला नवलपरासी सुस्ता गाउपालिका वडा नं. ४ बस्ने बर्ष ३१ को पुरण बहादुर खवासलाई तत्काल पक्राउ गरी सोधपुछ गर्दा उक्त ठगी मुद्धामा जिल्ला पश्चिम नवलपरासी सुस्ता गाउपालिका वडा नं. ४ बस्ने बर्ष २५ को बुढेस विनको संलग्न भएको भनी भुझिन आएकोले मिति २०७५।०६।०३ गते पुरण बहादुर खवास र बुढेस बिनलाई Oppo लेखेको गोल्डेन रङको मोबायल थान-१(एक), Lava लेखेको मोबायल थान -१(एक),Titeलेखेको  कालो रङको सादा मोबायल सेट थान -१(एक) सहित पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको ।

मितिः- २०७५।०६।०४ गते ।

Ø रकम सहित जुवा खेलिरहेका १२ जना पक्राउः-

मिति २०७५।०६।०५ गते राती अ.२१:०० बजेको समयमा  जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं.१४ कपासी स्थित केही व्यक्तिहरु अवैध जुवा (तास) खेलिरहेको भन्ने सूचनाका आधारमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले जुवा तास खेलिरहेका १२ जनालाई रकम राखेर अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा फेला पारी  जुवा खालबाट जुवा खेल्न प्रयोग भएको बिभिन्न दरका नेपाली नोट गरी जम्मा रु.२,८९,१००।- र  तास गड्डी थान-३ सहित बरामद एवम् पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको ।

मितिः- २०७५।०६।०६ गते ।

Ø आफ्नै नातिनीको छोरीलाई जबरजस्ती करणी गरी फरार व्यक्ति पक्राउः-

मिति २०७५।०६।१४ गते अ.१३:०० बजेको समयमा जिल्ला दाङ लमही नगरपालिका वडा नं.६ दुमदुमाखैरी बस्ने बर्ष ६५ को कलिराम चौधरीले आफ्नै नातिनी नाता पर्नेको बर्ष १२ कि छोरी संकेत नाम लमही-१ लाई जबरजस्ती करणी गरी भागी फरार रहेकोमा वडा प्रहरी कार्यालय लमही दाङबाट खटि गएको प्रहरी टोलीले निज कलिराम चौधरी लाई पक्राउ गरी आबश्यक अनुसन्धान भई रहेको ।

मितिः- २०७५।०६।१५ गते ।

Ø रकम सहित जुवा खेलिरहेका ७ जना पक्राउः-

मिति २०७५।०७।०८ गते अ.१२:०० बजेको समयमा  जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. ०३ भैसिकुर स्थित शरद थापाको घरमा अवैध रुपमा रकम समेत राखी जुवा तास खेलिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा बिशेष प्रहरी टोली खटि जाँदा उल्लेखित घरमा जुवा खेली राखेको समयमा फेला पारी जुवा खालबाट जुवा खेल्न प्रयोग भएको बिभिन्न दरका नेपाली नोट गरी जम्मा रु. १,३५,०००।–(एक लाख पैँतिस हजार) र  तास सहित बरामद गरी ७ जना जुवा खेलिराखेका व्यक्तिहरुलाई समेत पक्राउ गरी अनुसन्धान भईरहेको ।

मितिः- २०७५।०७।०९ गते ।

Ø रकम सहित जुवा खेलिरहेका ९ जना पक्राउः-

मिति २०७५।०७।०९ गते अं. १९:०१५ बजेको समयमा जिल्ला दाङ तुलसीपुर उप महानगरपालीका वडा नम्बर ६ उत्तर कपरादेबी स्थित लक्ष्मण चौधरीको घरमा जुवा तास खेलीरहेका  भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुल्सीपुर बाट खटिएको प्रहरी टोलीले  उल्लेखित  घरमा जुवा खेलीराखेको समयमा फेला पारी  जुवा खाल बाट जुवा खेल्न प्रयोग भएको बिभिन्न दरका नेपाली नोट जम्मा रु. ४०,१५५।( चालीस हजार एक सय पन्ध्र) र जुवा  खेल्न प्रयोग भएको तिन गड्डी तास सहित जुवा खेल्ने ९ जना ब्यक्तिहरुलाई  पक्राउ गरी अनुसन्धान भईरहेको ।

मितिः- २०७५।०७।०९ गते ।

Ø अबैध लागू औषध गाँजा सहित ३ जना मानिस पक्राउः-

मिति २०७५।०७।११ गते राती अं.०१:०० बजेको समयमा इलाका प्रहरी कार्यालय गढवा दाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पन्चलाल गोलेको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला दाङ गढवा गाउपालिका वडा नं.१ जुरौनी धानखोला स्थित गस्ती पट्रोलिङ गर्ने क्रममा पूर्व पश्चिम राजमार्ग अन्तरगत उक्त स्थानको किनारमा पोखरादेखि कोहलपुर सम्म आएको से १ च ११९० नं. महेन्द्रा बलेरो जीप रोकी राखेको अवस्थामा शंकास्पद रुपमा बसी रहेका निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई सोधपूछ तथा निजहरुको शरिर र सवारी साधन रितपूर्वक खानतलासी गर्दा उक्त बलेरो जिपको चालक सिट अगाडि पट्टी रहेको डेक्स बोर्डको बाँया तर्फको दोस्रो स्क्रु भएको ठाँउबाट रातो रंगको प्लाष्टिकमा पोका पारी राखेको खैरो हेरोईन जस्तो देखिने चिज बस्तु २ (दुई) ग्राम  र सोही जिपको अगाडि पट्टी चालक सिटको नजिक बाँया तर्फको सिट मुनी रहेको हरियो पायदान मुनि लुकाइ छिपाइ राखेको सेतो रंगको प्लाष्टिकको पोका भित्र अवैध लागू औषध गाँजा जस्तो देखीने चिज बस्तु १६ (ग्राम)समेत बरामद गरी निम्न परिमाणका अन्य चिजवस्तु समेत बरामद गरी निम्न उल्लेखित मानिसहरू समेतलाई पक्राउ गरी निजहरु उपर लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत म्याद थप भई अनुसन्धान कार्य जारी रहेको ।

 

निम्न पक्राउ व्यक्तिहरू :-

१. जिल्ला बाँके बैजनाथ गाउपालिका वडा नं.१ चिसापानी बस्ने गणेश वहादुर पाण्डेको छोरा बर्ष ३९ को नर वहादुर पाण्डे ।

२. ऐ ऐ गाभर बस्ने रत्न सिंह रोकायको छोरा बर्ष ३२ को भिम सिंह रोकाय ।

३. ऐ ऐ वडा नं.२ मकैबारी बस्ने कवि राज गुरुङको छोर बर्ष २५ को छवि गुरुङ ।

बरामद दशी प्रमाणहरू :

१. से १ च ११९० नं.को बोलेरो जिप-१ वटा ।

२. उक्त जिपको खानतलासी लिंदा बाट चालक सिट अगाडि पट्टी रहेको डेक्स बोर्डको बाँया तर्फको दोस्रो स्क्रु भएको ठाँउबाट रातो रंगको प्लाष्टिकमा पोका पारी राखेको खैरो हेरोईन जस्तो देखिने चीज बस्तु तौल लिंदा २ (दुई) ग्राम  र सोही जिपको अगाडि पट्टी चालक सिटको नजिक बाँया तर्फको सिट मुनी रहेको हरियो पायदान मुनि लुकाई छिपाई राखेको सेतो रंगको प्लाष्टिकको पोका भित्र अवैध लागू औषध गाँजा जस्तो देखीने चीज बस्तु तौल लिंदा १६ (ग्राम) फेला परेको ।

 

३.निज व्यक्तिहरूको शरीर खानतलासी गर्दा नगद रू.९,५००।– (अक्षरुपी नौ हजार पाँच सय मात्र), ३ वटा मोबाईल, चुरोटका फिल्टर-१ प्याकेट, चुरोटको पेपर ६ प्याकेट, ब्लेड-१ वटा, लाईटर-२, सिक्का-१ समेत बरामद भएको ।

मितिः-२०७५।०७।१२ गते ।

Ø १७ लाख बराबरको NTC रिचार्ज कार्ड  चोरी गर्ने पक्राउ

 

मिति २०७५।०६।२३ गते रु.१७ लाख बराबरको  NTC रिचार्ज कार्ड  चोरी भएको भन्ने सूचना यस कार्यालयमा प्राप्त भए पश्चात यस कार्यालयको बिशेष अनुसन्धान टोलीले जिल्लाका बिभिन्न स्थान लगायत छिमेकि जिल्लाहरुसंग समेत समन्वय र सम्पर्क गरी बिशेष अनुसन्धानको क्रममा चोरी भएको २१ दिन पश्चात मिति २०७५।०७।१३ गते जिल्ला रोल्पा माडि गाउँपालीका वडा नं. १ बस्ने वर्ष २१ को दल बहादुर पुनले चोरी गरी लिई जिल्ला रोल्पा थवाङ गाउँपालीका वडा नं. २ अन्तरगतका एरीयाहरुमा वेचविखन गरीरहेको भन्ने विशेष सूचना यस कार्यालयमा प्राप्त भएश्चात यस कार्यालयबाट प्रहरी टोली उक्त स्थानमा खटि गई  निजले चोरी गरी लिएको मध्येका निम्न दर तथा संख्याका रिचार्ज कार्डहरु सहित ईलाका प्रहरी कार्यालय थवाङ रोल्पाको सहयोगमा पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्ने क्रममा चोरी गरी लिएका थप रिजार्जकार्डहरु जिल्ला प्युठान स्वर्गद्वारी नगरपालीका वडा नं. ७ स्थित ससुराली घरमा लुकाई छिपाई राखेको भन्ने खुल्न आएकोले उक्त स्थानमा समेत गई प्युठान प्रहरीको सहयोग लिई निम्न दरका थप रिजार्जकार्डहरु समेत बरामद गरी यस कार्यालयमा ल्याई निज उपर चोरी अभियोगमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको ।

निम्नः-

१. रोल्पाबाट बरामद गरीएका रिचार्जकार्डहरु

रु.५० दरका रिजार्ज कार्ड ४००० थान बराबर रु.२,००,०००।- (दुई लाख मात्र) ।

रु.१०० दरका रिचार्जकार्ड २,००० थान बराबर रु.२,००,०००।- (दुई लाख मात्र) ।

२. प्युठानबाट बाट बरामद गरीएका रिचार्जकार्डहरु

रु.५० दरका रिजार्ज कार्ड ३६०० थान बराबर रु.१,८०,०००।- (एक लाख असी हजार मात्र)

रु.१०० दरका रिचार्जकार्ड ८५०० थान बराबर रु.८,५०,०००।- (आठ लाख पचास हजार मात्र)

५०० दरको ३६० थान बराबर रु.१,८०,०००।- (एक लाख असी हजार मात्र) ।

३. जम्मा संख्या

५० दरको ७,६०० थान बराबर रु.३,८०,०००।-(तिन लाख असी हजार मात्र) ।

            १०० दरको १०,५०० थान बराबर रु.१०,५०,०००।- (दश लाख पचास हजार मात्र) ।

५०० दरको ३६० थान बराबर रु.१,८०,०००।- (एक लाख असी हजार मात्र) ।

जम्मा रकम रु.१६,१०,०००।- (सोह्र लाख दश हजार मात्र)  र थप बाँकि रिचार्ज कार्डहरुका सम्बन्धमा अनुसन्धान भईरहेको ।

मितिः- २०७५।०७।१५ गते ।                                                                                       कार्यालय प्रमुख

   (कृष्ण  हरि शर्मा)

    प्रहरी उपरीक्षक

  मो.९८५१२८०४१०

प्रतिकृया

प्रतिकृया